परासी, १५ बैशाख । नवलपरासीमा लागू औषध सहित दुई जना पक्राउ परेका छन। आज सान्झ ६ बजेको समयमा शसस्त्र प्रहरी बल बिओपी भुजहवाले दुई जनालाइ लागू औषध सहित पक्राउ गरि आवश्यक कार्वाहीका लागि सिमा प्रहरी चौकी महेसपुरलाइ बुझाएको छ।
पक्राउ पर्नेमा सरावल गा.पा.-४ बडसारे बस्ने वर्ष १४ को डिलावर खान र सोही ठाउँ बस्ने १५ बर्षिय अजमत खान रहेको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वाटरका गणपती शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिनु भयो। उनिहरुको साथबाट विनस्पासमो १०५ ट्याबलेट र ३३ ट्यब्लेट सेतो पदार्थ लागू औषध रहेको शसस्त्र प्रहरी उपरीक्षक खनियाले जानकारी दिनु भयो।
उपरीक्षक खनियाका अनुसार लक्डाउन पाल्ना ग्राउन र सिमा निगरानी बढाउन गस्तीमा निक्लेको ५ जना शसस्त्र प्रहरी टोलीले सरावल गा.पा.-४ भटौलिया खोला स्थित दशगजा क्षेत्रबाट लागू औषध नेपाल भित्राउन खोज्दा उनिहरुलाइ पक्राउ गरिएको जानकारी दिनु भयो।
दशगजा पारिबाट १ जना ब्यक्तिले भारतबाट नेपालतर्फ प्लाष्टिकको पोकामा शंकास्पद बस्तु फ्याँकी भारततर्फ भागेको र उक्त पोका ती दुबै युवाले लिइ भाग्न खोज्दा गस्तिमा रहेको ति टोलिले उनीहरुलाई पक्राउ गरेको हो। घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकोछ।