परासी, १४ बैशाख । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५का अध्यक्ष गुणनिधि तिवारीले आफनो गृह जिल्लाका पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएका छन् । क्रोना भाईरसको संक्रमण रोकथामका लागि देश लकडाउनका बेला फिल्डमा खटेर काम गर्न सहज होसभनि अध्यक्ष तिवारीले व्यक्तिगत रुपमा पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको बताएका हुन् ।
अध्यक्ष तिवारीले, यस प्रेस ज्याकेटले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुलाई पहिचान गर्न सहज हुने र यस्तो लकडाउनका बेला ठाउँठाउँमा कार्डदेखाउने र परिचय दिने झन्झटबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष तिवारीले, जिल्ला नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुलाई सो प्रेस ज्याकटे वितरण गर्न संस्थागत रुपमा महासंघलाई हस्तान्त्रण गरेका हुन् । उक्त ज्याकेट महासंघका अध्यक्ष हरि शर्माले संस्थागत रुपमा ग्रहण गरि महासंघमा आवद्ध पत्रकारहरुलाई वितरण गर्ने जानकारी दिएका छन् । प्रेस ज्याकेट पाएपछि पत्रकारहरुको मनोबल बढनुका साथै खुशी पनि व्यक्त गरेका छन् ।