क्यारेन्टाइन अनुगमन

0
240

परासी, १३ बैशाख। प्रदेश न. ५ अन्तर्गत पश्चिम नवलपरासीको बिभिन्न स्थानिय तहमा रहेको संस्थागत क्यारेन्टाईनहरुमा सरोकारवालाहरु द्धारा अनुगमन गरिएको छ । क्यारेन्टाईनहरुमा समग्र खाना ,बास , सरसफाईको ब्यवस्थापन साथै क्यारेन्टाईन संगै रहेको हेल्थ डेक्स लगायतका आधारभुत आवश्यकताको ब्यवस्थापन बारे अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा अधिकाशं क्यारेन्टाईनहरुको अवस्था सन्तोषजक रहेपनि थप सुधार भएमा उपयुक्त हुने स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।
जिल्ला समन्वय प्रमुख शिबशंकर प्रसाद रायको नेतृत्वमा सरोकारवालाहरुको टोलीले बिभिन्न स्थानिय तहले स्थापना गरेका क्यारेन्टाईनहरुको अनुगमन गरेको थियो । यसैक्रममा रामग्राम नगरपालिकाको आर्दश मा.वि.को क्यारेन्टाईनमा समेत सरोकारवालाहरुको टोलीले अनुगमन गरेको छ ।


अनुगमन पश्चात समन्वय प्रमुख शिव शंकर प्रसाद रायले क्यारेन्टाईनमा देखिएको खाना ,बास , सरसफाईको अवस्था निकै उत्कृष्ट रहेको प्रतिकृया दिनुभयो ।
७ वटा स्थानिय तह रहेका पश्चिम नवलपरासीमा कुल १३ वटा संस्थागत क्यारेन्टाईनहरु रहेका छन् । विपतको यस समयमा क्यारेन्टाईनको ब्यवस्थापनमा पुर्ण प्रयास गरिएको रामग्राम नगरपालीकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा क्यारेन्टाईनमा बस्नेहरुलाई दैनिक रुपमा दिईने खाना खाजालाई समेत बिशेष ध्यान दिईएको छ । अनुगमनको क्रममा क्यारेन्टाईनमा बस्नेहरुलाई खाना योग्य सामाग्री उपलब्ध गराईएको पाईएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सागर गौत्तमले जानकारी दिनुभयो ।
क्यारेन्टाईनको ब्यवस्थापकीय अवस्था भन्दा पनि क्यारेन्टाईनमा बस्नेहरु छिटटै घरफर्कन पाउं भन्ने अवस्था देखिन्छ । यद्यपी समग्र ब्यवस्थापकीय पक्ष सकारात्मक रहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीका सभापति राजेन्द्र प्रसाद अग्रहरीले बताउनुभयो ।
यता क्यारेन्टाईनहरुमा रहेको हेल्थ डेक्समा समेत स्वास्थ्यकर्मीहरुको उचित ब्यवस्थापन गरिएको छ । स्वाथ्यकर्मीलाई आवश्यक स्वास्थ्यजन्य सामाग्री उपलब्ध गराई सेवा दिदै आएको रामग्राम नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले बताउनुभयो ।
स्थापना भएका क्यारेन्टाईनहरुमा सरकारी मादण्ड अनुसार पुर्ण रुपमा ब्यवस्थापकीय पक्ष कार्यान्वयन गर्न केही चुनौती देखिएको छ । बिपतको यस समयमा गरिएको क्यारेन्टाईन ब्यवस्थापनलाई सकारात्मक रुपमा लिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here