राहत बितरणमा नगर प्रमुख गुप्ताको अनुगमन

0
332

परासी,१३ बैशाख। राहत बितरण प्रणालीलाई थप पारदर्शी बनाउन पश्चिम नवलपरासीको रामग्राम नगरपालीकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले राहत बितरण स्थलमै पुगेर अनुगमन गर्नुभएको छ ।
राहत पाउनुपर्ने ब्यक्तीले मात्र राहत प्राप्त गनुपर्ने र छुट भएका वास्तविक प्रभावीत घरपरिवारलाई समेत राहत बितरण गर्ने उदेश्यले प्रमुख गुप्ताले राहत बितरण स्थलमै पुगेर अनुगमन गर्नुभएको हो ।

गुप्ताले सबै जसो वडामा पुगेर राहत बितरणको अवस्था र आगामी दिनमा राहत बितरणमा गर्नुपर्ने पुर्वतयारी बारे वडाका जनप्रतिनिधी संग परामर्श समेत गर्नुभएको थियो ।

सो अवसरमा नगर प्रमुख गुप्ताले पहिलो चरणमा राहत बितरणमा छुटेका सबैलाई अब तत्कालै अनिवार्य रुपमा राहत बितरणमा सहभागी गराउन सम्बन्धी वडाका जनप्रनिधिलाई निर्देशन समेत दिनुभयो ।
यस अगाबै नगरपालीकाले आफ्नो १८ वटै वडा कार्यालय मार्फत लकडाउन बाट प्रभावीत दैनिक ज्यादारीमा काम गर्ने मजदुर र गरिब तथा बिपन्न समुदायका दुई हजार तिन सय घरपरीवारलाई राहत बितरण गरिसकेको छ ।
नगरपालीकाले प्रति परिवार २५ किलो स्टीम जिरा मसिनो चामल , १ किलो नुन , १ किलो दाल , एक लिटर तेल , आधा केजी स्वाबिन र दुई वटा लाईफव्वाय साबुन बितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here