रामग्राम नगरपालिका वडा ८ मा पनि राहत वितरण : राहत पाएपछि श्रमिकहरु खुशी

0
630

परासी, १३ बैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा ८ ले पनि आफनो वडाका गरिबविपन्न तथा श्रमिकहरुलाई राहत वितरण गरेको छ । वडा कार्यालयले देश लकडाउनका बेला ज्याला मजदुरी गरि खाने गरिब श्रमिकहरु भोकै बस्न नपरोस भनि राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको हो ।

वडामा रहेको लक्षित श्रमिक वर्गहरुलाई सामाजिक दुरी कायम गराउदै २५ किलो जिरामन्सुली चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन ५ सय ग्राम सोयाबिन वडा अध्यक्ष महेन्द्र ठाकुले वितरण गरेको जनाएका छन् । त्यस्तै केहि दिन अगाडी वडामा प्राप्त मास्क, साबुन र सेनिटाईजर पनि वडा अध्यक्ष ठाकुरले प्रत्येक घरधुरीलाई वितरण गरेको बताएका हुन ।

वडामा रहेका १ सय गरिब विपन्न श्रमिक घरधुरीलाई उक्त परिमाणमा खाद्यान्न सामाग्र वितरण गरेपछि उनीहरुमा खुशी छाएको छ । वडाले पहिलो चरणमा ति वर्गहरुलाई राहत वितरण गरेको हो भने दोश्रो चरणका लागि पनि तथ्याङ्क संकलन भैरहेको वडा अध्यक्ष ठाकुरले जानकारी दिए । त्यस्तैै आफनो वडामा राहत वितरण केहि ढिला भएकाले वडाका गरिब दुखियाहरुलाई छाकको व्यवस्था गर्दै वडा अध्यक्ष आफनो तर्फबाट व्यक्तिगत रुपमा १० क्वीन्टल चामल पनि वितरण गरेको जानकारी दिए । त्यसैगरि रामग्राम नगरपालिकाको सबै वडामा राहत वितरण कार्य भैरहेको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here