परासी, ११ बैशाख । देश लकडाउनका बेला पनि भारतीय केरा नेपाल भित्रन थालेपछि नवलपरासी केरा किसानहरु चिन्तित बनेका छन् । खाद्यान्न सामाग्री ब्यानर राखेर भारतीय केरा नेपालको विभिन्न ठुला–साना बजारहरुमा पु¥याउने कार्यले नवलपरासीमा केरा खेती गर्दै आएका किसानहरु चिन्ता व्यक्त गरेका छन् । यति बेला विश्वनै क्रोना भाईरसको संक्रमणले तनाबमा छ । नेपाल सहित विभिन्न देशहरु क्रोना भाईरसको संक्रमण रोकथामका लागि देश नै लकडाउन गरेको अवस्था छ । देश लकडाउनले जिल्लाको उत्पादित केरा लगायतका कृषि उपजहरु विक्री वितरणका लागि बजारहरु पठाउन पाइएको छैन ।
यतिबेला केराबोटमा केरा फलेर तयारी अवस्थामा छ तर लकडाउनले विक्री वितरण हुन नसकेको अवस्था रहदा रहदै भने भारतीय केरा नेपाल भित्री रहेकाले किसानहरु चिन्ता व्यक्त गरेका हुन् । भारतमा क्रोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिरहेको छ त्यसमा पनि केरा व्यापक रुपमा आयात भैरहदा उक्त केराले पनि संक्रमण फैलिन जोखिम रहेको भन्दै नवलपरासी केरा उत्पादक संघले विज्ञप्त जारी गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । भारतीय केरामा रोक लगाउन र किसानहरुको बारीमा फलेको केराको बजार व्यवस्था र विक्री वितरणमा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक रहेको संघका अध्यक्ष लख्खु यादवको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यतिबेला नवलपरासीमा कुल १ हजार ८ सय विगाहा क्षेत्रफलमा व्यवासयिक केरा खेती गरिएको छ । कृषकहरु केरामा बढि उत्पादन लिन टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड लगायतका उन्नत जातका केराको खेती गर्दै आएका छन् तर अहिले लकडाउनले केरा नबिकेर किसानहरु चिन्तामा परकोे अध्यक्ष लख्खु यादवले बताए ।
गण्डक कमाण्ड क्षेत्र केराको लागि मुख्य पकेट क्षेत्रको रुपमा लिइएको छ । यहाँ किसानहरु व्यवसायिक रुपमा केराखेती गर्ने र उत्पादनलाई मुख्य बजार नारायणघाट, बुटवल, भैरहवाँ, पोखरा, काठमाण्डांै, मुग्लिङ्ग लगायतका बजारहरु विक्री वितरण गर्दै आएका थिए ।