पाल्पा, ७ बैशाख । तानसेन नगरपालिकामा नेपालमै पहिलो पटक तरकारी एम्बुलेन्स सञ्चालन गरि नगरबासीको दैलोदैलोमै तरकारी उपलब्ध गराइएको छ । लकडाउनका बेला नगरबासीमा तर- तरकारीको अभाव हुन नदिन नगरपालिकामा रहेको तानसेन युवा परिषदले नगरबासीको दैलोमै सुपथ मुल्यमा तरकारी उपलब्ध गराएपछी यस्को चौतर्फी प्रसंशा भै रहेको छ।
क्रोना भाइरसको संक्रमण रोकथामका लागि देशभरी नै गरिएको लकडाउन्लाइ पुर्ण पाल्ना गराउन नगरपालिका र स्थानिय प्रशासनको समन्वयमा तानसेन युवा परिषदले भिडभाड नगराइकन उपभोक्ताको दैलोमै तरकारी पुर्याउने कार्य गरेको युवा परिषदका अध्यक्ष गुराँस आत्रेयले जानकारी दिएका छन। अध्यक्ष आत्रेयका अनुसार हरेक पोका कम्तिमा ५ किलोको छ। उक्त कार्यमा किसान र उपभोक्ता बिचको समन्यनले थप सहज भएको उन्ले बताएका छन।
उपभोक्ताको दैलोमै तरकारी पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स नामक घुम्ती तरकारी पसल संचालन गरिएको हो। युवा परिषदका अध्यक्ष आत्रेयका अनुसार हामी कहाँ प्रसशस्त तरकारी रहेको र पालैपालो सबैको घर अगाडि तरकारी लिएर आउने बताएका छन । तरकारी १०० वा ५० रुपैयाँको पोकामा हुनेछ । उपभोक्तालाई खुला पैसा लिएर बस्न आग्रह गरीएको छ । एक परिवारले फरकफरक ३ पोका वा २५० रुपैयाँको मात्र किन्न पाउने छ।
त्यसैगरि आजको तरकारी बजारमुल्य काउली प्रति किलो रु २० (एक पोका .५ केजि रु १००, बन्दा प्रति किलो रु १०र ( एक पोका .५ केजि रु ५०, काक्रो प्रति किलो रु ३५ ( एक पोका. २।८५०केजि रु १०० रहेको र अग्रीम अर्डरको लागी अध्यक्ष गुराँस आत्रेय ९८५७०६०८०६ महासचिव धनु घिमिरे ९८४७०२८३३८ सम्पर्क गर्न साकिने आग्रह गरिएको छ। तरकारी गाडी बिहान ९ बजे देखि ११ बजे सम्म टुडिखेल, नारायणस्थान, शित्तलपाटी लगायत स्थानमा पुग्ने छ।
तानसेन नगरपालिका र संगम मदनपोखरा कृषि सहकारीको सहयोगमा तानसेन युवा परिषद, पाल्पाको सहकर्यमा घरमै बसौ, सुरक्षित रहौ यो कार्य गरेको तानसेन नगर प्रमुख असोक कुमार साहिले जानकारी दिएका छन । नगरमा तरकारीको अत्याधिक माग रहेको परिषदले जनाएको छ।