सुनवल, ६ बैशाख । यस बन्दाबन्दीकाे अवस्थामा नगरबासीमा कुनै समस्या परेमा तत्काल साे समस्याका सामाधान गर्ने नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले बताएका छन्र । काेराेना भाइरसकाे संक्रमण राेकथामका लागि चैत्र ११ गतेदेखि देश लकडाउन भएपश्चात सुनवल नगरपालिकामा पनि लकडाउनकाे पुर्ण पाल्ना भएकाे छ । लकडाउन पाल्ना गर्दै यतिबेला सबै नगरबासी अाफनाे कामकाज छाेडी घरमा बसेकाे अवस्था छ । यस माहामारीबाट बच्न लकडाउन पाल्ना गरिरहनु भएका सबै नगरबासीमा कुनै समस्या भए तत्काल नगरपालिकालाइ खबर गर्ने भनि नगरपालिकाले अाव्हान गर्दै साे समस्याकाे सामाधान गर्ने नगर प्रमुख थापाले बताए ।

विश्वब्यापि महामारी प्रकोपको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणको रोकथाम र नियन्त्रणकचा लागि देश बिदेशमा एक किसमिले पुरै बन्दाबान्दीको अवस्थामा रहेकोले यस विषम परिस्थितिमा देश बिदेशमामारहनु भएका नवलपरासी सुनवल नगर क्षेत्र स्थायी ठेगाना भएका सम्पूर्ण आमाबुबा, दिदी बहिनी तथा दाजुभाईहरुमा कुनै किसिमको असुविधा पर्न गएमा नाम थर, ठेगाना र असुविधाको प्रकृति समेत खुलाई निम्न ठेगानामा सम्पर्क गर्नुका लागि सुनवल नगरपलिकाले आब्हान गरिएको छ ।
नगर प्रमुख भिम बहादुर थापा क्षेत्री – ९८५७०२१६५८
नगर उप प्रमुख दधिराम अर्याल – ९८५७०४५५६१