परासी, ६ बैशाख । क्रोना भाईरसको संक्रमण रोकथामका लागि देश यतिबेला लकडाउनमा छ । बाहिर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु बाहेक अरु कोई पनि घर बारिह निस्केका छैनन । अत्यावश्यक सेवा बाहेक सबै प्रकारको सेवा तथा पसलहरु ठप्प छन् । तर यता पश्चिम नवलपरासीका किसानहरु यतिबेला गहुँबाली भित्राउन व्यस्त देखिएका छन् ।
खेतमा गहुँ तयार भएपछि किसानहरु असिनापानी र बन्दाबन्दीका डरले छिटो छिटो गहुँ काटने कार्यमा व्यवस्त देखिएका छन् । गाउँमा क्रोना संक्रमणको चेतना नभएजस्तै किसानहरु सामाजिक दुरी नै कायम नगरि यतिबेला गहुँबाली काटने र भित्राउन कार्यमा व्यवस्त भएपछि स्थानिय प्रशासनको टाउको दुखाई बनेको छ । अन्नबाली रहे बल्ल भोकमरिबाट जोगिन सकने भन्दै गाउँका किसान खेतीपातीमा व्यस्त छन् केहिले गहुँ मसुरो भित्राउनमा व्यस्त देखिएका छन् भने केहि तरकारी खेती गर्नमा व्यस्त रहेका बताउछन् ।
क्रोना भाईरसको त्रास र संक्रमणको महामारीले जिल्ला अधिकांश उद्योग व्यवसायहरु बन्द छन् तर किसानहरु आफुँले लगाएको बाली तयारी अवस्थामा रहेकाले अन्नबाली भित्राउन जोखिम मोललिएर बाहिर निस्कन परेको किसानहरु बताउछन । गहुँ काटने कार्य छिटो गर्न यतिबेला खेतहरुमा कम्पाईन मेसिनहरु चलाइएको छ जसले दैनिक करिब १० विगाहा खेती काटने गर्दछ । कम्पाईनको प्रयोगले गहुँ काटदै सोेझै बाली घरमा भित्राउन मिल्ने भएकाले हातले गहुँ काटेर थरेसिङ्ग गर्ने झन्झटबाट किसानहरु मुक्त भएका छन् ।
नवलपरासी जिल्ला अन्नबालीको पकेट क्षेत्र नै हो । किसानहरु आफनो आफनो घर व्यवहार मिलाउन गहुँलाई गल्ला पसलमा बेचेर आम्दानी पनि गरिरहेका छन् । जिल्लामा १८ हजार ८ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुदै आएको छ भने करिब ३९ हजार मेट्रिक टन गहुँ उत्पादन हुदै आएकोे छ ।