लकडाउन उल्लंघन गर्ने प्रहरीकाे कार्वाहीमा

0
147

बेलाटारी, ४ बैशाख । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बेलाटारीले लकडाउन उलंघन गर्नेलाइ कार्वाही गरेकाे छ । प्रहरी कार्यालयले लकडाउन शुरू भएदेखि विहिवारसम्म लकडाउन उल्लङ्घन गर्ने ३३ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका व्यक्तीहरुलाई कार्यालयमा राखी क्राेना भाइरसबारे प्रशिक्षण दिइ चेतावनीका साथ छाडिएको प्रहरी निरिक्षक खुमान्नद पाण्डेले जानकारी दिए ।

त्यसैगरी लकडाउनको अवधिमा नेपाल सरकारले करोना भाइरस नियन्त्रणका लागि चालेको लकडाउनको अवज्ञा, सर समान तस्करी गरेको लगायत विभिन्न आरोपमा करिब ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्यवाही अगाडि बढाएको जनाएको छ । यता नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुलाई सुरक्षा ब्यवस्थामा खलल् तथा प्रहरी संग अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको र लागु औषधमा ३ जना बिरुद्ध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए ।

यसैगरी १४ वटा दुई पाङ्ग्रे साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ साथै प्रहरीले लकडाउनको उल्लघंन नगर्न मैकिङ्ग समेत गर्दै अाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here