लकडाउनमा पनि तस्करी : नारायणी नदीबाट शसस्त्र प्रहरीद्धारा ६२ हजारको रक्सी बरामद

0
463

परासी, ३ बैशाख । शसस्त्र प्रहरीले भारत निकासी गर्न लागेको ५५ पेटी रक्सी बरामद गरेको छ । साँझ ६ बजेको समयमा स्थानिय तस्करहरुले उक्त ५५ पेटी रक्सी डुङ्गामा लोड गरि नारायणीमा डुङ्गा तार्दै भारतको विहार भित्राउन खोज्दा सिमामा खटिएको शसस्त्र प्रहरीले डुङ्गा सहित रक्सी बरामद गरेको हो । यता प्रहरीलाई देखेपछि तस्करहरु भने फरार भएका छन् ।

लकडाउनको अवसर छोप्दै स्थानिय तस्करहरुले सुस्ता गाउँपालिका ५ रामनगरबाट ६२ हजारको ५५ पेटी रक्सी डुङ्गामा लोड गरि नदीको बाटो डुङ्गा तार्दै भारत भित्राउन खोज्दा सिमा खटिएका शसस्त्र प्रहरीले नदीमा हाम फालेर त्यो रक्सी र डुङ्गा बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वारणका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाले जानकारी दिएका छन् । उनका अनुसार यतिबेला भारतमा क्रोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिरहेकाले भारतबाट नेपाल लुकिछिपी आउने व्यक्तिहरुलाई पुर्ण रुपले रोक्न सिमामा कडाई गरिएका बेला स्थानिय तस्करहरुले तस्करी गर्न खोज्दा नियन्त्रणमा लिन सजिलो भएको बताए ।

नारायणी नदी वारी रामनगर र पारी सुस्तासम्म करिब २ किलोमिटरको दुरी रहेको छ । नदी लामो भएकाले नदीवारी र पारी शसस्त्र प्रहरीका जवान खटाइएका छन् भने नदीमा पनि प्रहरीले गस्ती गरिरहेको छ । नदीमा पानी रहेकाले उक्त बाटो तस्करी गर्न सजिलो हुने आशामा तस्करहरुले रक्सीको तस्करी गर्न खोज्दा शसस्त्र प्रहरीले तस्करहरुलाई लखेटदा उनीहरु भागेपछि माल र डुङ्गा मात्र बरामद भएको शसस्त्र प्रहरी बल बिओपी सुस्ताले जनाएको छ । सामान्य अवस्थामा उक्तबाटोबाट रक्सीहरु भारतको विहार भित्रिदै आएको स्थानिय बताउछन् ।

नवलपरासी करिब २९ किलोमिटर खुल्ला सिमाना भएको जिल्ला हो । खुल्ला सिमाना भएकै कारण कोहीपनि लुकिछिपी भारतबाट नेपाल भित्रिने सम्भावना रहेकाले यतिबेला सिमा करिब ५० वटा अस्थायी पोष्टहरु बनाई प्रत्येक १५० मिटरको दुरीमा शसस्त्र तथा नेपाल प्रहरीका जवानहरु खटाई निगरानी बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here