परासी, ३ बैशाख । रामग्राम नगरपालिकाले आफनो नगरक्षेत्र भित्रका खाद्यान्न पसलहरुलाई २ घण्टाको लागि खोलिने निर्णय गरेको छ । लकडाउनले परासीका बजार तथा पसलहरु बन्द भएपछि अत्यावश्यकमा पर्ने खाद्यान्न पसलहरु भोली विहिवारदेखि विहान ११ बजेदेखि १ बजेसम्मका लागि खोलिने नगरपालिकाले निर्णय गरेको छ ।
एक साता अगाडी खुल्दै आएको खाद्यान्न तथा तरकारी पसलहरुमा व्यापक भिडभाड हुन थालेपछि लकडाउनलाई पुर्ण रुपले पाल्ना गर्न नगरपालिको औषधि पसल बाहेस सबै पसलहरु बन्द गर्ने निर्णय गरेको थियो तर लकडाउन लम्बिएपछि अब खाद्यान्न पसलहरु खोल्न र आवश्यक र माग हुदै आएपछि सामाजिक दुरीलाई महत्व दिदै पसल खोलिने निर्णय गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
दैनिक उपभोग्य सामाग्रि सहजै उपलब्ध हुन नसक्दा जनजिवन प्रभावित हुने अवस्थाको सिर्जना हुन थालेपछि दिनको दुई घण्टा खाद्यान्न सामाग्रिका पसल व्यवसाय खोल्ने निर्णय गरिएको मेयर गुप्ताले बताए ।