चामल कुहिएको कुप्रचार गरि गेटमा फ्याक्ने कार्य नियोजित : नगर प्रमुख नरेन्द्र गुप्ता

0
189

परासी, ३ बैशाख । रामग्राम नगरपालिकाले ज्यालादारी गरि दैनिकी चलाउने श्रमिकहरुलाई २५ किलो चामल राहत वितरण गर्ने भएको छ । नगरपालिकाले गत विहिवार केहि वडामा वितरण गरेको राहत स्वरुप खाद्यान्नमा चामल गुणस्तरहिन रहेको भन्दै आरोपले लागेपछि राहत वितरण कार्य विवादित बन्दै प्रकृया ठप्प भएको थियो ।

दैनिकी ज्यला मजदुरी गरि घरव्यवहार मिलाउने श्रमिकहरु यतिबेला देशलकडाउनका कारण भोकै बस्न नपरोस् भनि नगरपालिकाले पुनः राहत वितरण प्रकृयामा तिब्रता ल्याएको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

उनले भने, अब राहत वितरण मापदण्ड शंसोधन गरि संकलित २३ सय गरिब श्रमिक घरधुरीलाई छिटोभन्दा छिटो २५ किलो स्टिम चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल, सोयाबिन ५०० ग्राम र २ वटा साबुन वितरण गरिने जानकारी दिएका हुन् । उनका अनुसार खाद्यान्न सामाग्रीहरु खरिद गर्ने प्रकृया अगाडी बढिसकेको छ ।

चामल कुहिएको कुप्रचार गरि गेटमा फ्याक्ने कार्य नियोजित
गत विहिवार नगरपालिकाको वडा ३,६ र ११ मा राहत वितरण गरिएको थियो । वितरण गरिएको भोलीपल्टै वडा ११ बाट केहि व्यक्तिहरुले चामल कुहिएको आरोप लगाउदै टयाक्टरमा लोडगरि नगरपालिका गेटमा फालेर विरोध गरेका थिए भने यता वडा ६ मा पनि ५१ जनाले चामल खानेयोग्य नरहेको भन्दै वडा अध्यक्षकहाँ लगेर र्फिता गरेका थिए । वितरित चामल कुहिएको कुप्रचार गरि नियोजित ढंगबाट नगरपालिकाको गेटमा फाल्ने कार्यप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको नगरपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ ।

यता नगर प्रमुख गुप्ताले भने, यदि चामल गुणस्तरहिन हो भने नगरपालिकामा आएर गुनासो गर्नुपर्ने र फिर्ता गर्नु पर्ने ठाउँमा चामल कुहिएको प्रचार गर्दै गेटमा फाल्ने कार्य सरासर गलत र नियोजित रहेको सम्मेलन मार्फत जानकारी दिए । उनले भने, ‘‘चामलको गुस्तर नापजाँच नै नगरिकन चामल कुहिएको हो भनि कसैले प्रमाणित गर्न सक्छ?” नगरपालिकालाई बदनाम गर्ने उद्देश्यले केहि अराजक तत्वहरुले खेलेको मेयर गुप्ताले अरोप लगाए । यद्यपी चामलको गुणस्तर र तौल बारे अनुसन्धान भैरहेको छ ।

यता उपमेयर रम्भा कुँवरले चामलको गुणस्तरीयता बारे पहिलेनै जानकारी गराएपनि वेवास्ता गरिएको भन्दै नगर प्रमुख र प्रशासकिय अधिकृतलाई दोषारोपण गर्दे प्रेस विज्ञप्ती जारी गरेकि थिईन् त्यस विषयमा नगर प्रमुख गुप्ताले नगरपालिकाको प्रेस विज्ञप्ती नगरपालिकाको प्रमुखले निकाल्ने बैधानिकता रहेका र उप प्रमुखले निकालेको विज्ञप्तीमा नगरपालिकाको लेटरप्याड र छाप दुरुप्योग भएको भन्दै यसको आन्तरिक छानविन भैरहेको र उनलाइ कानुन अनुसार कार्वाहीको प्रशस्त ठाउँ रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here