पाल्हीनन्दन गाउँपालिकाको वडा १ मा राहत वितरण

0
166

महेसपुर, ३ बैशाख । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा १ ले आज राहत वितरण गरेको छ । उक्त वडामा रहेको रहेको ३ सय १३ गरिबविपन्न तथा श्रमिक घरधुरीलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण भएको हो ।

वडा अध्यक्ष लल्लन प्रसाद यादवले वडाका गरिब तथा मजदुराहरुलाई पालैपालो बोलाई राहत वितरण गरेका हुन् । वितरण कार्य शुरु हुँदा गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तव, लेखा अधिकृत शंकर पुरी, स्वास्थ्यशाखा सहायक शिवनारायण चौधरी समेतको उपस्थिति रहेको थियो ।

राहतमा प्रत्येक घरधुरीलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, नुन १ किलो रहेको वडा अध्यक्ष लल्लन प्रसाद यावले जानकारी दिए । राहत पाएपछि गरिब तथा श्रमिकहरु खुशी जाहेर गरेका छन् । यस्तै गाउँपालिकाको वडा २,४ र ५ मा पनि राहत वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here