विधायक बैजनाथ जयसवालद्धारा कारागारका कैदीबन्दीलाई मास्क र सेनिटाईजर वितरण

0
174

परासी, ३ बैशाख । प्रदेश सभा सदस्य बैजनाथ जयसवालले नवलपरासी कारागारका कैदीबन्दीहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । प्रदेश ५ का विधायक जयसवालले जिल्ला कारागारमा रहेको कैदीबन्दी र सुरक्षाकर्मी सहित ४ सय २५ जनालाई क्रोना भाईरसको संक्रमणबाट सुरक्षित राख्ने उद्देश्यले उक्त सुरक्षा सामाग्री उपलब्ध गराएका हुन् ।

विश्वभरि तिब्र रुपमा फैलिरहेको क्रोना भाईरसको संक्रमणबाट बच्ने प्रदेश सांसद जयसवालले कारागारमा रहेको कैदीबन्दी तथा सुरक्षाकर्मीहरुलाई २ पिस मास्क, १ पिस साबुन, १ सय ५० एमएल सेनिटाईजर उपलब्ध गराएका हुन् । ४२५ पिस उक्त सुरक्षा सामाग्री प्रतिनिधि सभा सदस्य एवं पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले मार्फत कारगारलाई हस्तान्त्रण गराइएको थियो ।
कैदीबन्दीले मास्क, साबुन र सेनिटाईजर पाएपछि खुशी भएका छन् । जिल्लाभरि मास्क र सेनिटाईजरको अभाव भैरहदाँ भने सांसद जयसवालले आफनो निर्वाचन क्षेत्रभरि र उक्त कागारमा पनि स्वास्थ्य सामाग्री उपलब्ध गराने कार्य प्रशंसनिय रहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here