एम्बुलेन्स चालकलाई पिपिई हस्तान्तरण

0
134

परासी, ३ बैशाख । नवलपरासी पश्चिम कोभिड–१९ को जोखिम रोकथाम तथा नियन्त्रणका लागि नवलपरासी पश्चिमका रामग्राम नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी हकुई शाखाद्रारा संचालित दुईवटा एम्बुलेन्सका चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) उपलब्ध गराइएको छ । जोखिम मोलेर बिरामी बोक्दै आएका चालकलाई हुनसक्ने सङ्क्रमण रोक्न उक्त सामग्री वितरण गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।

एम्बुलेन्समा बिरामी बोकेपछि सरसफाइमा विशेष ध्यान दिनसमेत उनले आग्रह गरे । बिरामीलाई अस्पताल पुर्याउने अघि आफ्नो स्थानीय तहलाई जानकारी गराएर मात्र जान आग्रह गरे। उनले बिरामीबाट चालकलाई सङ्क्रमण नफैलियोस् भनेर सबै एम्बुलेन्स चालकलाई चालकको सिट पछाडि छेकवार गर्न पनि भनेको बताए । यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको नभए पनि तत्कालका लागि सुरक्षा गर्न सक्ने अवस्थाको छ, हावा पानी नछिर्ने भएकाले यसलाई पुनः प्रयोग पनि गर्न सकिन्छ । यसअघि जिल्लाको २५ एम्बुलेन्स चालकलाई सुनवल नगरपालिकाले उत्पादन गरेको पिपिई वितरण भइसकेको प्रमुख जिल्ला अधिकारी बाशुदेव दहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here