युवा संघ नवलपरासीले दियो सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पिपिई

0
278

परासी, ३ बैशाख । सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई ध्यानमा राखी राष्ट्रिय युवा संघ जिल्ला कमेटी नवलपरासीले ति सुरक्षाकर्मीहरुलाई पिपिई उपलब्ध गराएको छ । नेपाल–भारत सिमामा कडा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु क्रोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि संघले ४१ थान प्रसनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पिपिई) उपलब्ध गराएको हो ।

भारतमा क्रोना संक्रमण तिब्र रुपले फैलिरहेको बेला नवलपरासी खुल्ला सिमाना भएका कारण यो जिल्ला पनि उच्च जोखिममा छ । देशमा लकडाउन र सिमा बन्द भएपनि भारतबाट लुकिछिपी नेपाली छिर्न खोज्ने व्यक्तिहरुलाई पक्राउ गर्न र यस्तो लकडाउनका बेला सिमा क्षेत्रमा क्रोना संक्रमणका लक्षण देखिने व्यक्तिहरुको शिर्घ उद्दारका तिनै प्रहरी खटिनु पर्ने भएकाले ति सुरक्षाकर्मीहरु उच्च पनि जोखिममा रहेको भन्दै संघले उक्त पिपिई उपलब्ध गराएको संघका जिल्ला अध्यक्ष युवराज डुम्रेले जानकारी दिएका छन् ।

जिल्ला कमेटीले औषधी व्यवसायी महासंघबाट खरिद गरिएको गुणस्तरिय उक्त ४१ थान पिपिई जिल्ला प्रशासन कार्यालयलाई हस्तान्त्रण गर्दै सिमा खटिएका सुरक्षाकर्मीहरुलाई उपलब्ध गराउन आग्रह गरेको हो । त्यसैगरि सिमामा कडाई गर्न नेपाल तथा शसस्त्र प्रहरीहरु संयुक्त रुपमा खटिरहेका छन् । अस्थायी पोष्ट बनाएर रातदिन सिमामा निगरानी गरिहेको सुरक्षाकर्मीहरु रातीको समयमा अन्ध्यारोले समस्या भैरहेका बेला मनोबल उच्च पार्न युथ अफ सुस्ताले सुस्ता गाउँपालिकामा पर्ने ति अस्थायी पोष्टहरुमा बिजुली बत्ति समेत बालेर सहयोग गरिदिएको छ ।

त्यसैगरि पिपिई अभावकै बेलामा अस्पतालहरुमा उपचार सेवा प्रदान गरिरहेका चिकित्सकहरुलाई उपलब्ध गराउने उद्देश्यले रामग्राम नगरपालिका १० नदुवामा रहेको लुम्बिनी पेपर बोर्ड मिल प्रा.लिले पनि जिल्ला प्रशासन कार्यालयलाई १० थान पिपिई हस्तान्त्रण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here