परासी, २ बैशाख । नवलपरासी पश्चिम उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमले जिल्लाका भित्रका दैनिक मजदुरी गरेर खाने गरिव तथा अति विपन्न हरुको लागी राहत सामाग्री सम्पुर्ण स्थानिय तहहरुलाई उपलब्ध गराएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर खाने, असाय असक्त तथा निम्न वर्गहरुको जिवनयापन सहज बनाउनका लागी उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमले जिल्लाका उद्योगी , व्यावसायी तथा वर्तमान कार्यसमितिबाट राहत संकलन जिल्लाका सबै नगरपालिका तथा गाउँपालीकाहरुलाई उपलब्ध गराइएको उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमका अध्यक्ष केशब भण्डारीले बताएका हुन ।
जस अन्तरर्गत मंगलबार रामग्राम नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । उद्योग वाणिज्य संघ नवलपरासी द्धारा अति विपन्न मजदुरी गरेर खाने असाय असक्तहरुको लागी भनेर प्रत्येक स्थानिय तहलाई १ हजार केजी ४० बोरा चालम उपलब्ध गराइएको संघका उपाध्यक्ष नगेन्द्र अग्रहरीले जनाए । त्यस्तै यसअघि संघले जिल्लाको छ वटा स्थानीय तहमा राहत स्वरुप खद्दान उपलब्ध गराइसकेको थियोे ।
जिल्लामा सात वटा स्थानिय तह रहेकोमा तीन वटा नगरपालिका र चार वटा गाउपालिका छन् । राहत हस्तान्तरण कार्यक्रममा अध्यक्ष केशव भण्डारी, वरिष्ठ उपाध्यक्ष अोमप्रकाश अग्रहरी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, उपाध्यक्ष राजेश कुमार अग्रहरी, महासचिव गिरिराज पाण्डे , सचिव तारा अचार्य, सम्झना चौधरी ,भोला पराजुली लगायतको सहभागीता थियोे ।