सुनवलको राहत कोषमा ४६ लाख रुपैया संकलन : मेयर भरत थापाबाट मात्रै साढे ३ लाख सहयोग

0
466

परासी, २ बैशाख । क्रोना भाईरसको संक्रमण न्युनिकरण तथा रोकथामका लागि सुनवल नगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म ४६ लाख रुपैया संकलन भएको छ । नगरपालिकाले स्थापना गरेको दैविक प्रकोप उद्दार विशेष कोषमा हालसम्म विभिन्न संघ संस्थाबाट नगद र जिन्सी गरि कुल ४६ लाख ८१ हजार ७९७ रुपैया सहयोग जुटेको नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले जानकारी दिएका छन् ।

उक्त कोषमा नगर प्रमुख थापाले आफनो ३ महिनाको सुविधा बापत १ लाख ३ हजार ९५० र आफनो तिरुपति ग्रुपबाट २ लाख ५१ हजार गरि उनले मात्र ३ लाख ५४ हजार ९५० रुपैया कोषमा जम्मा गरेका छन् भने नगर उप–प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुबाट ४ लाख हजार, ३४५ र नगरपालिका सम्पुर्ण कर्मचारीको तर्फबाट १ लाख २५ हजार ७०१ रुपैया रकम सहयोग प्रताप्त भएको छ । अरु बाकी रहम विभिन्न संघ संस्था र व्यवसाय एवं व्यक्तिहरुबाट प्राप्त भएको नगरपालिकाले जनाएको छ । कोषमा यति रकम जुटनु ठुलो कुरा हो र यो रकम जिल्लाको सबै स्थानिय तहमध्येको बढि रकम रहेको दावी गरिएको छ ।

नगर प्रमुख थापाका अनुसार नगरपालिकाको १३ वटा वडामा गरि कुल १८६५ घरधुरीलाई राहत वितरण भैसकेको र बाकी घरधुरीलाई वितरण कार्य प्रकृया अगाडी बढिरहेको बताएका छन् । नगरपालिकाले तथ्याङ्क संकलन गरेको १९१० गरिबविपन्न तथा श्रमिक घरधुरीलाई २ व्यक्ति भन्दा बढि रहेको प्रति घरधुरीलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो चिनी, २ किलो नुन, आधा किलो सोयाबीन र २÷२ वटा नुहाउने तथा लुगाधुने साबुन राहत स्वरुप वितरण गरेको छ भने २ व्यक्ति भन्दा कम घरधुरीलाई आधा राहत वितरण गराइएको नगरपालिका नगर प्रवक्ता कृष्ण देवकोटाले जनकारी दिएका छन् । उक्त घरधुरीहरुलाई राहत वितरण गर्न कोषमा जम्मा भएको रकम मध्ये ३७ लाख ६० हजार ८८६ रुपैया अनुमानित खर्च भएको नगरपालिकाले जनाएको छ । वितरित राहत गुणस्तरीय र सन्तोष जनक रहेको राहत पाउने व्यक्तिहरुले नगरपालिकाको प्रशांसा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here