नवलपरासी कांग्रेसद्धारा ७ वटै स्थानिय तहलाई स्वास्थ्य सामाग्री (पिपिई) हस्तान्त्रण

0
237

परासी, १ बैशाख । देशभरि पिपिईको अभावमा जोखिम मोललिएर उपचार सेवा प्रदान गरिरेहका चिकित्सकहरुको मनोबल नवलपरासी कांग्रेसले बढाएको छ । क्रोना भाईरसको संक्रमणको त्रासमा रहेका अस्पतालका चिकित्सकहरु प्रसनल प्रोटेक्टिव ईक्विपमेन्ट (पिपिई) को अभावमा विरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको बेला कांग्रेसले जिल्लाका ७ वटै स्थानिय तह मार्फत चिकित्कसहरुलाई पिपिई सेट उपलब्ध गराएपछि स्वास्थ्यकर्मीहरुको मनोबल उच्च भएको हो ।

छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढिरहेको क्रोनाको संक्रमण हेर्दा नवलपरासी खुल्ला सिमाना र सिमावर्ति जिल्ला भएकाले उक्त संक्रमण कुनै माध्यमबाट जिल्लामा पनि भित्रिन सक्ने शंकामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु त्रसित छन् । सुरक्षित पिपिईको अभावमा जिल्लाको सिमावर्ति तथा ग्रामिण क्षेत्रबाट अस्पतालहरुमा आउने ज्वरो तथा रुघाखोकीका विरामीहरुको रगत, खकार र शारिरिक परिक्षण गर्नबाट पनि स्वास्थ्यकर्मीहरु डराउनु पर्ने अवस्थाले विरामीहरु दुख पाईरहेका थिए तर यो ३ लेयर सुरक्षित पिपिईले उपचार सेवामा निकै सहयोग पुग्ने विश्वास लिइएको संविधानसभा सदस्य विक्रम खनालले जानकारी दिए ।

त्रिभुवन क्याम्पस बेलाटारीको पुर्व स्व.वि.यु सभापति एवं कांग्रेसका कार्यकता चन्द्रकान्त खनालले नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई सौजन्य गरेको १०० थान पिपिईलाई पार्टीले १० थान सुस्ता गाउँपालिका, १० प्रतापपुर, १० सरावल, १० पाल्हीनन्दन, २० थान सुनवल नगरपालिका र १५÷१५ थानको दरले रामग्राम तथा बर्दघाटन नगरपालिकालाई उपलब्ध गराएको पार्टी कार्यवाहक सभापति अर्जुन कुमार पोख्रेलले जानकारी दिए ।

प्रति पिपिई सेट २५ सयको दरमा खरिद भई कुल २ लाख ५० हजार बराबर मुल्यको रहेको छ । उक्त ३ लेयर पुनः प्रयोग हुने खालको १०० थान पिपिई ७ स्थानिय तहमा उपलब्ध भएपछि ७ वटै स्थानिय तहहरुले उक्त पिपिई आ–आफनो गाउँ–नगरमा पर्ने अस्पताल, क्वारेन्टाई र एम्बुलेन्स चालकहरुलाई हस्तान्त्रण गरेपछि स्वासथ्यकर्मीहरुको मनोबल उच्च भएको सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले बताए ।

रामग्राम नगरपाकिलाले प्राप्त पिपिई पृथ्वीचन्द्र अस्पताललाई हस्तान्त्रण गरेपछि जोखिममा बसेर उपचार सेवा प्रदान गर्दै आएको अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई यस पिपिईले थप सुरक्षा प्रदान हुने रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

पृथ्वीचन्द्र अस्पतालमा ४ बेडको आईशोलेशन तयार गरिएको छ । यो पिपिई क्रोना संक्रमणबाट बच्न अतिनै सुरक्षित रहेको र विरामीहरुको उपचारमा खटिरहेका चिकित्सकहरुलाई पिपिईको अभाव नरहेको र विरामीहरुलाई सहज वातावरणमा उपचार सेवा प्रदान भैरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर मोहम्मद नुरुलहोदाले जानकारी दिए ।

विश्वभरि क्रोनाको संक्रमणले नेपाल पनि अछुतो नरहेको र अहिले देशलकडानको बेलामा स्वास्थ्यकर्मी र गरिब श्रमिकहरुलाई राहत हुने गरि एकद्धारा प्रणाली मार्फत आफुँहरु स्वासथ्य सामाग्री तथा खाद्यान्न सामाग्रीहरुको सक्दो सहयोग गरिरहेको कांग्रेसका नेता एवं संविधान सभासदस्य देवकरण कलवारले जानकारी दिए । उनले भने, केहि दिन अगाडी पार्टीले गरिबविपन्न तथा श्रमिकहरुलाई राहत स्वरुप प्रत्येक स्थानिय तहमा २५÷२५ क्वीन्टलका दरले १७५ क्वीन्टल चामल उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here