परासी, २६ चैत । नेपाली कांग्रेस पश्चिम नवलपरासीले बुधबार जिल्ला पृथ्बी चन्द्र अस्पताललाई स्थास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । पार्टीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अत्यआवश्यक पर्ने पिपीई, सेनीटाईजर, र मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य एवंम् पुर्व गृहराज्य मन्त्री सांसद देवेन्द्रराज कण्डेलको पहलमा पार्टीलाई चौधरी फाउण्डेसनले उपलब्ध गराएको ति स्वास्थ्य सामाग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको छ ।
विश्वभरि माहामारीको रुपमा फैलिएको क्रोना भाईरसको जोखिम मोललिएर विरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु सुरक्षित भई उपचार सेवा प्रदान गरुन भन्ने उद्देश्यले सो सामाग्रीहरु उपलब्ध गराइएको पार्टीका जिल्ला सभापति विष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् । सोही प्रकृतिको सामाग्री जिल्लाका अन्य अस्पताल, प्राथमीक स्वास्थ्य केन्द्र, क्वारेन्टाईनहरु समेतमा बितरण गर्ने योजना रहेको पार्टीले जनाएकोे छ ।