सुनवल नगरपालिकाद्धारा १९१० घरधुरीलाई राहत वितरण

0
157

परासी, २६ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले पनि आजदेखि आफनो नगरक्षेत्रका गरिबविपन्न तथा मजदुराहरुलाई राहत वितरण गरेको छ । १३ वडा रहेको उक्त नगरपालिकाका कुल १९१० जना वास्तविक श्रमिक तथा विपन्न घरधुरीलाई नगरपालिकाले राहत स्वरुव खाद्यान्न सामाग्री वितरण कार्य शुरु गरेको हो । राहत पाएपछि गरिब तथा श्रमिकहरु खुशी जाहेर गरेका छन् ।

क्रोना भाईरसको जोखिम तथा संक्रमण न्युनिकरणका लागि सरकारले गरेको देश लकडाउनका बेला अतिविपन्न तथा श्रमिकहरुमाथि पर्न गएको असरलाई मध्यनजर गर्दै सरकारले तोकेको राहत मापदण्ड अनुसार नगरपालिकाले १३ वटै वडाबाट गरिबविपन्न तथा श्रमिकहरुको तथ्याङ्क संकलन गरि आजदेखि राहत वितरण कार्य शुरु गरेको छ ।

नगरपालिकाले २ व्यक्ति भन्दा बढि रहेको प्रति घरधुरीलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो चिनी, २ किलो नुन, आधा किलो सोयाबीन र २÷२ वटा नुहाउने तथा लुगाधुने साबुन वितरण गरिरहेको नगरपालिका प्रमुख भिम बहादुर क्षेत्रीले जानकारी दिएका छन् । नगरपालिकाका नगर प्रमुख थापाले नगरका सबै वडा अध्यक्षहरुलाई राहत सामाग्री हस्तान्त्रण गरेपछि वडा अध्यक्षहरु आज टयाक्टरमा लोडगरि श्रमिक तथा गरिब घरपरिवारको घरदैलोमा पुगी राहत वितरण गरिरहेका छन् ।

नगरपालिकाबाट राहत पाउने १९१० जना मध्ये ३७७ घरधुरी २ व्यक्तिभन्दा कम रहेकाले निर्धारण गरिएको राहत सामाग्री मध्ये आधा सामाग्री राहत पाउने छन् । त्यसैबिच नगरपालिका वडा २ धेरै दलित र विपन्न घरपरिवारको बस्ती रहेको हुँदा उक्त वडामा २१५ घरधुरीलाई राहत वितरण भैरहेको वडा अध्यक्ष राजेन्द्र यादवले जानकारी दिएका छन् । उनका अनुसार यस राहतले यस वडाका गरिब तथा मजदुराहरुलाई ठुलो सहयोग हुने र उनीहरुको अनुहार खुशी छाएको यादवले बताएका हुन् ।

नगरपालिकाले खडा गरेको (क्रोना) दैविक प्रकोप विशेष राहत कोषमा अहिलेसम्म नगद र जिन्सी गरि ३५ लाख रुपैया बराबरको राहत सहयोग संकलन भैसकेको छ । उक्त प्राप्त सहयोगबाट ६ लाख रुपैया बराबरको खाद्यान्न सामाग्री खरिद गरि पहिलो चरणमा राहत वितरण भैरहेको नगरपालिकाले जनाएको छ । यता एकद्धार वितरण प्रणाली मार्फत राहत वितरण गर्न नगरपालिकालाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति, विभिन्न बंैक तथा वित्तिय संघ संस्था र व्यक्तिगत रुपमा खाद्यान्न तथा चेक मार्फत रकम सहयोग प्राप्त भैरहेको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here