परासी ,२४ चैत । राहत बितरणलाई थप प्रभावकारी र ब्यवस्थीत बनाउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले देखाएको चासो प्रति बिभिन्न संघ संस्थाहरुले स्वागत गरेका छन् ।
मधेश युवा उत्थान विकास मन्चले आज बिज्ञप्ती जारी गर्दै राहत बितरणलाई थप पारदर्शी बनाउन प्रशासनले देखाएको चासोलाई सकारात्मक रुपमा लिदै प्रशासनको परामर्शमा राहत बितरण गर्नुपर्ने मन्चले माग राखेको छ ।
संस्थाका केन्द्रिय अध्यक्ष धिरज त्रिपाठीले सो बारे यस बारे प्रशासन देखाएको चासो निकै महत्वपुर्ण छ राहत वितरणमा एकद्धार प्रणालीलाई छिटो भन्दा छिटो लागू गर्नेपर्ने माग गर्नुभयो ।
कुनै पनि व्यक्ति ,संस्था र राजनिती दलले राहत दिन इच्छुक भएमा स्थानीय तह वा जिल्ला प्रशासन मार्फत दिदा प्रभावकारी र सुरक्षित पनि हुने त्रिपाठीको जोड छ ।
यसरी व्यक्ति ,संस्था र कुनै राजनितिक दलले राहत वितरण कतिपय ठाउँमा न्युनतम सुरक्षाका मापदण्ड पनि नआौंल्याइएको पाईएकोले ढिलै भएपनि यो नीति लागू भएकोमा त्रिपाठीले खुसी ब्यक्त गर्नुभयो ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोक्न उच्च सतर्कता अपनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । कुनै व्यक्ति वा संस्थाले राहत बाड्नु गलग नभए पनि यसले गलत अर्थ समाजमा विकृतिको रुप लिन सक्ने त्रिपाठीको तर्क छ ।