विद्यालय विद्यार्थीको घर-घरम पुगेर बितरण गर्‍यो माक्स

0
307

परासी २४ चैत । बिश्व भरी फैलिरहेको महामारी कोरोना भाईरस (कोभिड(१९) को संक्रमणको रोकथाम र नियन्त्रणका लागि नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा ५ मा रहेको गणेश माध्यमिक विद्यालय बसहियाले विद्यार्थीहरुको घरमा पुगि सचेतना सहितको मास्क बितरण गरेको हो ।

विद्यालयका शिक्षकहरुले व्यक्तिगत व्यक्तिगत लगानीले मास्क खरीद गरेका हुन । स्थानीय शिक्षकहरुलाई विद्यार्थी क्षेत्र रहेको टोल टोल घर घरमा पुगि सचेतना सहित माक्स बितरण गरेको गणेश मा. वि. का प्रधानाध्यापक अभिन्नदन सिंहले जानकारी दिए । कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको नियम पालना गर्ने साबुनपानीले हात धुने मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

एस.ई.ई. परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्दै रहने र घरमा अध्ययन गर्दा केही समस्य भए सम्बन्धित विषयको शिक्षकसंग फोन मार्फत समस्याको समाधान गर्न विद्यार्थीहरु संग भनिएको छ । ७५० विद्यार्थीहरुलाई तथा असक्त व्यक्तिलाई एक एक वटा मास्क वितरण गरेको प्रधानाध्यापक सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here