परासी, २४ चैत । छिमेकी मुलुक भारतमा क्रोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । नवलपपरासी जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यपारीहरु र भारत कमाउन गएका केहि नेपालीहरु रातीको समया खेत र आलीको बाटो हुदै खाद्यान्न सामागरी सहित नेपाल भित्रिरहेको गुनासो बढेपछि शसस्त्र प्रहरीले प्रत्येक २ सय मिटरको दुरीमा दुई दुई जना प्रहरी खटाइ आवतजावत पुर्ण रुपमा रोक लगाएको छ ।
भारतबाट व्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सरसमानबाट क्रोना संक्रमण नेपालमा सर्ने र माहामारीको रुप लिन सक्ने जोखिम हुँदा उक्त जोखिम न्युनिकरणका लागि शसस्त्र तथा नेपाल प्रहरीले सिमामा २४ घण्टै कडा निगरानी गर्न बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । जिल्लामा कुल ४ वटा विओपी रहेपनि सिमामा क्षेत्रमा निगरानी बढाउन समस्या भैरहेकाले विभिन्न नाकाहरुमा करिब १ किलोमिटरको दुरीमा एउटा÷एउटा शसस्त्र प्रहरीको अस्थायी पोष्ट राखी सिमामा २४ घण्टै निगरानी बढाइएको शसस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटरका गणपति भरत खनियाले जानकारी दिए ।
उनका अनुसार जिल्लाको पश्चिमी नाका पडरी देखि पुर्व सुस्तासम्म गरि २८ किलोमिटर दुरीमा ४५ वटा अस्थायी पोष्ट बनाई सिमापारीबाट चोरीलुकी हुने अवागमनमा पुर्ण रुपले रोक लगाएको बताए । खुल्ला सिमा क्षेत्रमा बस्ने केहि स्थानिय तस्करहरु रातीको समयमा भारतमा सरसमान खरिद गरि खेत र आलीको बाटो हुदै नेपाल भित्रिने गुनासो बढन थालेपछि उक्त अस्थायी पोष्टहरु बनाई सुरक्षकर्मीहरु खटाइएको कारोबारी तथा स्थानियहरुलाई वारीपारी गर्न पुर्ण रुपले रोक लगाउदै सिमा पुर्ण रुपमा बन्द गरिएको बताए । सिमाक्षेत्रमा नेपाली प्रहरीहरु पनि परिचालन गरिएका छन ।
छिमेकी मुलकु भारतको उत्तर परदेशको सिमावर्ति जिल्ला महराजगंजको जगदौरमा ६ जनामा क्रोना संक्रममण पोजेटिभ देखिएपछि सिमा कडाई गर्नु पर्ने सुझाव आएपछि सो क्षेत्रमा थप सतर्कता अपनाइएको छ । यति बेला प्ररहरी परशासन र स्थानिय जनपरतिनिधिहरुलाई भारतबाट आउने जुनसुकै व्यक्ति र सरसमानमा पुर्ण रुपले रोक लगाई आफुँपनि बचौं र बचाऔ भनि आगरह समेत गरिएको छ । जिल्लामा आज लकडाउनको १४ दिनपनि उच्च प्रभाव परेको छ ।