नेपाल उवा महासंघद्धारा जिल्लाका पत्रकारलाई मास्क

0
318

परासी, २४ चैत ः नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ ले नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखालाई ३ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ । समाचार संकलनका क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई वितरण गर्ने गरी सोमबार महासंघका प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारीले जिल्ला शाखा अध्यक्ष हरि शर्मालाई मास्क हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमणविरुद्धको अग्रपंक्तिमा पत्रकारहरु पनि रहेका छन् । जोखिम मोलेर समाचार संकलन गर्न बाहिर निस्कने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने भएकाले मास्क उपलब्ध गराइएको अध्यक्ष तिवारीले बताए । उवा महासंघबाट प्राप्त मास्क फिल्डमा प्रत्यक्ष खटिने पत्रकारहरुलाई उपलब्ध गराइने पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले बताए ।
त्यसैगरी कोरोना संक्रमणमा जोखिम मोलेर काम गर्ने जिल्लास्थित सुरक्षा निकाय र एम्बुलेन्स चालकहरुलाई पनि नेपाल उद्योग वाणिज्य महासंघले मास्क उपलब्ध गराएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here