खानै समस्या छ भने रेडक्रसमा खबर गर्नुहोस्, बालपुरी उपशाखाले उचित व्यवस्था गर्छ

0
281

परासी ,२३ चैत । विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) को सामना गरिहेको छ। नेपालमा पनि यसको प्रभाव पर्न थालेको छ। कोरोनाको जोखिम कम गर्न तथा फैलिन नदिन सरकारले मुलुकभर लकडाउन गरेको छ। विभिन्न स्थानीय तहमा खाद्यान्न, ग्यासलगायतका दैनिक उपभोग्य वस्तुमा समेत कालोबजारी भइरहेको उपभोक्ताहरूको गुनासो छ।

सरावल गाउँपालिकाका कोही पनि नागरिक अलपत्र नपरुन् भनेर नेपाल रेडक्रस साेसाइटी बालपुरी शाखाका अध्यक्ष प्रदिप अग्रहरी भन्नुहुन्छ खानै समस्या छ भने रेडक्रसमा खबर गर्नुहोस्, बालपुरी उपशाखाले उचित व्यवस्था गर्छ। सरावल गाउँपालिकाे र नेपाल रेडक्रस साेसाइटी बालपुरीशाखा अहिले मुख्य ध्यान भनेकै कोरोना भाइरस फैलन नदिनेमा छ। सरावलमा क्‍वारेन्टाइन बनाइसकिएको छ। स्थानीय सरकारसँग भएका सबै स्रोत, साधन यसमै केन्द्रित गरेका छौँ। भुजहवा नाकामा ‘हेल्थ डेस्क’द्वारा स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ। उच्च ज्वरो देखिने र कोरोना सम्बन्धी लक्षण देखिएकालाई क्‍वारेन्टाइनमा राखेका छौँ।

जनप्रतिनिधि, कर्मचारी, उद्योगी, व्यवसायी एवं इच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई पनि उक्त काेराेना कोष वृद्धिको लागि सहयोग गर्न अपिल गर्दछौँ। बालपुरी शाखाका अध्यक्ष अग्रहरीले भन्नुहुन्छ कोरोना नियन्त्रणको एक मात्रै उपाय सतर्कता हो। आफ्नो सुरक्षाका लागि आफैंले ध्यान दिनुपर्ने बेला भएकाले लकडाउनमा घरभित्र नै बस्नुहोला। धेरै व्यक्तिको सम्पर्क र भिडभाडमा नजानुस्। अलग-अलग, एक्ला-एक्लै बस्नु सबैभन्दा राम्रो हो। भेटघाट बन्द गर्नुस्। यसको कुनै त्यस्तो औषधी उपचार नभएको हुनाले सचेत हुनु नै बेस हुन्छ। केही अप्ठ्यारो समस्या भए स्थानीय सरकार र रेडक्रस बालपुरी शाखालाई सम्पर्कमा आउनुस्। नआत्तिइ उच्च मनोबलका साथ बस्नुहोला। यो अप्ठ्यारो परिस्थतिमा हामी तपाईंको साथमा छौँ। यदि, विदेशबाट आउनुभएको छ भने तत्काल स्थानीय सरकारको सम्पर्कमा आउनुस्। आफ्नो परिवार र समाज सबैको हितको लागि केही दिन क्वारेन्टाइमा बसिदिनुस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here