खाद्यन्न र तरकारी पसल खोल्ने समय तोकियो

0
293

परासी, २३ चैत । बजार क्षेत्रमा भिडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आज आइतबारदेखि लकडाउनलाई थप कडाई गरेको छ । भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समयमा थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए ।

यसअघि चौबिसै घण्टा खाद्यन्न र तरकारी पसल खोल्न दिएको थियो । पहिलो चरणमा परासी सदरमुकाम क्षेत्रका खाद्यन्न र तरकारी पसल खोल्ने समय दिउँसो ११ बजेदेखि २ बजेसम्म तोकिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । क्रमशः यो समय तालिका अन्य बजार क्षेत्र र स्थानीय तहमा लागु गरिने छ । औषधि पसलहरु भने चौबिसै घण्टा खुल्ने छन् । अन्य सबै पसल बन्द हुने छन् ।

तरकारी र खाद्यन्न खरिद गर्ने बहानामा साँझपख भिडभाड बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए । यसअघि विभिन्न बहाना बनाएर बजार क्षेत्रमा निस्कने सर्वसाधारणलाई सम्झाई बुझाई छाडिएपनि अब भने पक्राउ गरी कानुनअनुसार कारबाही गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here