प्रदेश सांंसद बैजनाथ जैसवालद्वारा मास्क र सेनिटाइजर बितरण

0
303

>उमेश बि.क-

नवलपरासी ,२२ चैत । पश्चिम नवलपरासी क्षेत्र नं.२”ख” का प्रदेश सभा सदस्य वैजनाथ जैसवालले अाफ्नाे कार्य क्षेत्र पाल्हिनन्दन गाउँपालिका वासीहरूलाई मास्क,सेनिटाइजर, सावुन बितरण कार्य सुरु गर्नुभएको छ।

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सरकारले गरेको लकडाउनमा अाफ्नाे कार्य क्षेत्र वासीहरूलाई काेराेनाबाट बचाउनकाे लागि मास्क,सेनिटाइजर,सावुन बितरण कार्य सुरु गरिएको प्रदेश सभा सदस्य जैसवालले बताउनु भएको छ।

मास्क,सेनिटाइजर,सावुन बितरण शनिबार पाल्हिनन्दन गाउँपालिका वडा नं.१ रमपुरवा वाट सुरू गरिएको हाे ।
मास्क,सेनिटाइजर,सावुन बितरण पाल्हिनन्दन गाउँपालिका वडा नं.१ का ११ सय घरधुरीलाई बितरण गरिएको र क्रमश प्रदेश क्षेत्र नं.२”ख” प्रदेश सभा सदस्य कार्यक्षेत्र भित्र गाउँपालिकाको सबै वडका घरधुरीलाइ बितरण गरिने जैसवालले बताउनु भएको छ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन अाम जनसमुदाय अाग्रह गर्नु भएको हाे।

साे बितरण कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ जैसवाल, पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पबित्रा काेहार ,वडा नं. १ का वडा अध्यक्ष लल्लन यादव , नेपाली काङ्ग्रेस पाल्हिनन्दन गाउँपालिका वडा नं १ ईकाइ सभापति चुल्हाइ यादव, ने.बि संघका इमामुल अलि लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here