नवलपरासीको गहुँ खेतिमा आगलागी हुँदा साढे ५ बिघाको गहुँ जलेर नष्ट

0
330

मोहन पौडेल
परासी, २२ चैत । पश्चिम नवलपरासीको रामग्राम–१७ पट्खौलीमा आगलागी हुँदा साढे पाँच विघामा लगाईएको गहुँबाली नष्ट भएको छ । स्थानीय परमान्नन्द यादवको खेतमा काटिएको गहुको भुस बनाउन मेसिन चलाईरहेका बेला आज दिउँसो 3 बजे एक्कासी भुस बनाउने ट्रालीबाट आगो सल्किएर साढे ५ बिघा छेत्रफलको गहु जलेर नष्ट भएको रामग्राम–१७ का वडाध्यक्ष जीतबहादुर गोसाईले जानकारी दिएका छन । 

दिउँसो ३ बजे लागेको आगो करिब एक घन्टा सम्म खेतहरु जलिरह्यो। आगलागिका कारण स्थानीय ६ जना किसानको गहुँबालीमा क्षति पुगेको छ । उक्त आगोले ७ लाख बढी मुल्य बराबरको गहुँ जलेको स्थानीय अफ्तर मन्सुरीले जानकारी दिएका छन। खेतमा आगो लागेपछि स्थानीले दमकल र प्रहरीलाई खबर गरेका थिए ।

रामग्राम नगरपालिकाको दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको वडाध्यक्ष गोसाईले बताए। समयमै आगो नियन्त्रणमा नलिएको भए थप क्षति हुने स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here