सरावलकाे गणेशपुरमा माेटरसाईकल बासमा ठाेकिदा एकको मृत्यु

0
295

परासी ,२२ चैत । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ गणेशपुरमा माेटरसाईकल बासमा ठाेकिदा एकको मृत्यु भएको छ।सरावल गाउँपालिका वडा नं. ७ वडा सदस्य गंगाेत्तरी देबि हरिजनकाे माइला छाेरा अजित कुमार हरिजनकाे माेटरसाइकल बासमा लडि अनियन्त्रित हुदा गम्भीर घाइते भएका थिए ।

गणेशपुर निवासी बर्ष २२ काे अजित कुमार हरिजन शनिबार बिहान करिब साढे ९ बजे युपि ५७ क्यु ५६४३ नम्बरको माेटरसाइकलबाट साथिलाई भेट्न जाने क्रममा बाटाेमा राखिएको बासमा लडि माेटरसाइकल अनियन्त्रित हुदा गम्भीर घाइते भएका थिए।

घाइते हरिजनलाई पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार गराउने क्रममा मृत्युु भएको हाे।हरिजन तिब्र गतिमा भएको कारणले गर्दा माेटरसाइकल नियन्त्रण हुन नसक्दा बासमा ठाेकेकाे स्थानीयले बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here