परासी, २२ चैत। लकडाउनको मौका छोपी पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे वडा नं. ५ बलिनगर गाउबाट गएराति सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नेपालबाट भित्र्याउदै गरेको करिब एक सय लिटर बराबरको लोकल रक्सी भारतीय नम्बर यु.पी ५३ एच .९२६८ मोटरसाइकलमा लोडगरी भारत तर्फ लग्दै गरेको क्रममा दशगजाबनट नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । रक्सी तस्कर फरार भएका छन ।
सकृय बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे रक्सी र मोटरसाइकल गएराती नियन्त्रणमा लिन सफल भएकाे हाे । प्रहरीलाई देखेर तस्कर रक्सी र मोटरसाइकल गेहुबालीमा फ्याकेर भागेकाे प्रहरी निरिक्षक अधिकारीले बताउनु भयाे । नियन्त्रणमा लिइएकाे साे रक्सी शनिबार स्थानियबासिन्दा , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा नष्ट गरिएकाे छ ।