परासी,२१ चैत। मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल उदेश्यका साथ नेपाली कांग्रेसका युवा समाजसेवी उमेश चन्द्र यादवले पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ मा बिपन्न परिवारलाई खाद्यान्न सामग्री बितरण गरिएको छ । ज्याला मजदुरी गरि जिविको पार्जन गर्दै आएका विपन्न घरपरिवारलाई मस्क ,साबुन र खाद्यान्न वितरण गरेका हुन्न ।
अहिले विश्वभर महामारीको रुपमा फैलिएको (कोभिड -19) कोरोना भाइरसको त्रासका कारण देशमा भएको लकडाउनले गर्दा ज्याला मजदुरी गरि विहान बेलुका छाक टार्दै आएका करिब २० घर दुरीलाई १० किलो प्रती केजीको हिसाबले चामल ,साबुन र मास्क अतिविपन्न घरपरिवारलाई समस्या परेको हुदा त्यस्ता घरपरिवारलाई वितरण गरिएको छ ।
अतिबपन्न परिवारले दिनभरिकाे ज्यालाले छाक टार्दै अाईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेकाे बेलामा सबैले आ-आफनाे ठाउबाट अतिबिप्न्न घरपरिवारलाई सहयाेग गर्नुपर्ने अवस्था रहेकाे छ । लकडाउनको समयमा घर बाहिर ननिस्कन आफ्नो घर देखी अरुको घर नजान र सुरक्षित रहन समाजसेवी यादवले आग्रह समेत गर्नु भयो ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसले समस्या पारेको अवस्थामा बिहान बेलुका छाक टार्न मुस्किल भएको परिवारलाई खाधन्न वितरण गरेको र आगामी दिनमा पनि विपतमा परेका विपन्न परिवारलाई सहयोग गर्दै जाने युवा समाजसेवी यादवले बताउनु भयो ।