सुस्ता, १५ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जना युवकलाई हातहतियार सहित पक्राउ परेका छन्र । लकडाउनकाे अवसर छाेप्दै गएराती स्थानियलाइ हतियार देखाएर लुटने उददेश्यले सुस्ता गाउँपालिका ४ नर्सही जर्लैयामा बसेका दुइ युवकलाइ हतियार सहित प्रहरीले पक्राउ गरेका हाे । युवकहरू हतियार लिएर बसेकाे सुचना प्रहरीलाइ गएपछि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक खुमानन्द पाण्डेकाे कमांडमा खटिएकाे प्रहरी टाेलीले राती १२बजेकाे ति दुइ समयमा युवकलाइ हतियार सहित पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४० बर्षको आस बहादुर गुरुङ्ग र सोही स्थानमा बस्ने करिब ४५ बर्षको नरेश गुरुङ्ग रहेका इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएकाे छ । उनीहरूकाे साथबाट खुकुरी बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
गएराती रतनगन्ज बस्ने अशोक ठाकुर डिजल लिएर घर फर्किने क्रममा सुस्ता ४ नर्सही १२ नम्बर ठोक्करको बाधमा रोकेर ठाकुरलाई र उनको गाडी चालकलाई खुकुरी देखाएर धम्काएको अशोक ठाकुरले ईलाका प्रहरी कार्यालय बेलाटारीलाई खबर गरेपछि प्रहरी निरीक्षक खुमानन्द पाण्डेको टोलि र नर्सही प्रहरी चौकीको टोलीले ति दुबैलाइ खुकुरी सहित नियन्त्रणमा लिन प्रहरी निरीक्षक पाण्डेले बताए। पक्राउ परेका दुबै गुरुङ्गलाई ईलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरी जनाएकाे छ । (साभार: श्याम थापाले लेखेकाे न्युज हाम्राे अनलाइनबाट)