सरावल, प्रतापपुर, पाल्हिनन्दन र सुस्ता गाउँपालिकाले पनि निर्माण गर्यो क्वारेन्टाइन

0
668

सरावल,१२ चैत । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ भुजहवा सेल्टर भवन र वाल्मीकि प्रा. बि मा दश बेड क्षमताको क्वारेन्टाईन निर्माण भएको छ।

कोरोना भाइरस (कोभिड- १९) को संक्रमण नेपालमा फैलिने पूर्वानुमानसहित सरावल गाउँपालिका बासिलाई सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो ।

ज्वरो आएमा वा कोरोनाका लक्षण देखिएका व्यक्तिलाई सेवा दिन क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिए। ‘हामीले तत्कालीन उपचारका लागि बेड स्थापना गरेका छौं। संक्रमित देखिएमा उपचार गर्ने अस्पतालमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ,अध्यक्ष चाैधरीले भने।

त्यस्तै सरावल गाउँपालिका बासिलाई काेराेना भाइरसबाट बचाउनकाे निम्ति काेराेनाबाट बच्ने उपाय सहितकाे सुचना गाडिबाट माइकिङ गरिएको गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभएको छ।

त्यस्तै पाल्हिनन्दन र सुस्तागाउपालिकाले पनि १०/१० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। पाल्हीनन्दन गाउपालिकाले पाल्ही स्वास्थ्य केन्द्रमा १० बेड र सुस्ता गाउपालिकाले पक्लिहवा उप्स्वास्थ्री चैकिमा १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ।

त्यस्तै काेराेना रोग रोकथामका लागि प्रतापपुर गाउँपालिकाले ६ बेडको क्वारेन्टाईन निर्माण गरेको छ।
त्रिभुवन क्याम्पस बेलाटारी र गोपीगंज स्थित बाल्मिकी बचत तथा ऋण संस्थामा क्वारेन्टाईन निर्माण गरिएको गाऊँपालिका अध्यक्ष राज कुमार शर्माले जानकारी दिनुभएको छ।

विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखा परिसकेको र समयमै नियन्त्रण नभए भयाभय स्थिति पैदा गर्ने बताउदै गाउँपालिकाबासीकाे सुरक्षाको लागि क्वारेन्टाईनको निमार्ण गरिएको अध्यक्ष शर्माले बताउनु भएको छ।

चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरिएकोले यसलाई पालना गर्न सबै गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखहरुले सबैमा आग्रह गरेका छन। मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलाे धन भनेकाे हुनाले अाफ्नाे स्वास्थ्य प्रती सबैले ख्याल राखेर सरकारले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइकाे लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत अाग्रह गरेका हुन। विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९) बाट अाफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै काेराेनाबाट बच्न जनसमुदायलाई अाग्रह गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here