महेसपुर, ४ चैत । महेसपुर भन्सार कार्यालय नवलपरासीले २ वटा भारतीय मोटरसाईकल सहित अवैध कपडालत्ता बरामद गरेको छ । गएराती विशेष सुराकीको आधारमा भन्सार कार्यालयबाट खटिएको कर्मचारी टोलीले रामग्राम नगरपालिका ७ को विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा ८ लाख ९० हजार मुल्य बराबरको अवैध कपडा बरामद गरेको जनाएको छ ।
सिमा क्षेत्रमा चोरी तस्करी बढेको जनगुनासो बढेपछि भन्सार कार्यालयले सक्रियता देखाउदै गएराती २ भारतीय मोटरसाईकल सहित तयारी र थानको गरि ३४ अदत अवैध कपडालत्ता बरामद गरि आवश्यक कार्वाही गरेको जनाएको छ।