दिल्ली हिंसामा मर्नेको संख्या १८ पुग्यो

नयाँ दिल्ली, १४ फागुन । नागरिकता संशोधन कानुन (सीएए) को विषयलाई लिएर उत्तर–पूर्वी दिल्लीमा जारी हिंसामा परी मर्नेको संख्या १८ पुगेको छ । नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूह बीच आइतबारबाट भड्किएको हिंसामा परी बुधबार बिहानसम्म मर्नेको संख्या १८ पुगेको हो । 

समाचार संस्था एएनआईले गुरु तेगबहादुर अस्पतालका एमडी सुनिलकुमार गौतमलाई उद्धृत गर्दै बुधबार बिहान उपचाररत पाँच जना घाइतेको मृत्यु भएको जनाएको छ । योसँगै हिंसामा परी मृत्यु हुनेको संख्या १८ पुगेको हो । 

उत्तर–पूर्वी दिल्लीको जाफराबाद, मौजपुरलगायतका क्षेत्रमा जारी हिंसामा झण्डै अढाई सय मानिसहरु घाइते भएका छन् । जसमध्ये ६७ सुरक्षाकर्मी पनि रहेका छन् । 

हिंसाका कारण उत्तर–पूर्वी दिल्लीका सम्पूर्ण शैक्षिक संस्थानहरु बन्द गर्न निर्देशन दिइएको छ । दिल्ली सरकारले आन्तरिक परीक्षाहरु स्थगित गर्ने घोषणा गरेको छ । यसका साथै सरकारले सीबीएसईको बोर्ड परीक्षा पनि स्थगित गरेको छ । 

नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो । #बारहखरी

Related articles

कोरोना संक्रमण देखिएकाहरु घरबाहिर निस्किए पाँच वर्ष जेल

रोम, १२ चैत । युरोपको कोरोना इपिसेन्टरको रुपमा रहेको इटालीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नयाँ नियम र उल्लंघन गर्नेलाई सजायको प्रावधान गरिएको छ । इटालीमा कोरोना संक्रमणको दर निकै तीव्र रुपले वृद्धि भइरहेको छ ।  कोरोना संक्रमण देखिएका र क्‍वारेन्टाइनको नियम उल्लंघन गरेमा जेल सजाय गरिने बताइएको छ । इटाली सरकारले मंगलबार राति यस्ता […]

आज देशभरी मुस्लिम समुदाय ईद पर्व मनाउदै

परासी,२२ जेठ । मुस्लिम समुदायले आज देश भरी ईद पर्व मनाउदै छ। इस्लाम धर्मको आज १० औ महिनाको १ तारिखका दिन नेपाल भारतका सबै मुस्लिमहरु ईद पर्व मनाउदै ईदको मुबारकवाद तथा शुभकामना आदानप्रदान गरि रहेका छन। अरबी हिजरी क्लेन्डरको ९ औ महिना रमजान महिना भरी व्रत बसी आज ईद पर्व हर्सोउल्लाशका साथ ईद पर्व मनाउदै […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *