टर्कीको जवाफी कारबाहीमा कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु: एर्दोगान

एजेन्सी । टर्कीको सीमा क्षेत्र नजिक रहेको सिरियाली भूमिमा त्यहाँको सेनाविरूद्ध सोमबार गरेको जवाफी आक्रमणमा परी कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु भएको टर्कीका अधिकारीले बताएका छन् ।  सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तका सैनिकहरूलाई टर्कीबाट प्रतिआक्रमण भएको अधिकारीहरुले जनाएका छन् ।

सोमबार टर्कीका राष्ट्रपति तैयप एर्दोगानले इद्लिबमा रहेका आफ्ना जनता र दाजुभाई दिदीबहिनीको जीवन रक्षाका लागि आफूले संघर्ष गरिरहेको बताए । इद्लिबमा सिरियाली सेनाले गरेको गोलाबारीका विरुद्धमा लगातार प्रतिआक्रमण गरिरहने पनि राष्ट्रपति एर्दोगानले बताए । 

यसअघि सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले दिएको जानकारीमा टर्कीका हतियारधारी समूहको आक्रमणमा परी कम्तीमा छ सिरियाली सैनिक मारिएपछि सिरियाली सरकारी फौजले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा तैनाद टर्कीको सेनामाथि आक्रमण गरेको थियो । 

उक्त आक्रमणमा टर्कीका थप चार सैनिक मारिएका थिए भने नौ जना घाइते भएका थिए । उनीहरु सिरियाली सुरक्षाकर्मीको आक्रमणमा इद्लिबमा मारिएको टर्कीका रक्षा मन्त्रीले बताएका छन् । २०७६ माघ २० गते प्रकाशित

Related articles

गाउँ र नगरपालिकाले गरे ४३ काम, अब गरून् ३३ काम

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भइसकेको यस अवधिमा यस पंक्तिकारले धेरैपटक स्थानीय तहका निर्वाचित नेतृत्व तहसंग अन्तरक्रिया गरेको छ । करिव ३० वटा स्थानीय तहमा पुगेर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यसँग करिब ३ घण्टाको प्याकेज पावर प्वाइन्टमा देखाएर छलफल गरेको छ । यस अनुभवका आधारमा स्थानीय तहबाट भएका केही लोकप्रिय कार्यक्रमको संकलन […]

कोरोना प्रकोप : इटालीमा मृतकको संख्या २५ सय नाघ्यो, अमेरिकाका ५० वटै राज्यमा संक्रमण

एजेन्सी, वासिङ्टन, ५ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने फैलिइरहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ ।  अमेरिकाको सान डिएगोस्ठित एक औषधि कम्पनीको प्रयोशालामा कोभिड-१९ विरुद्धको भ्याक्सिन परीक्षण गर्दै तस्बिर : रोयटर्स बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *