नवलपरासी, १८ माघ। पश्चिम नवलपरासी जिल्लाका किसानहरुले १४गते देखि चरणबद्ध अान्दोलन काे घाेषणा गरे पछि हिजाे मिलमालिक,प्रशासन र किसान बिच भुक्तानी दिन सहमति पछि किसानहरुले अान्दाेलनका कार्यक्रम स्थगित गरेकाे उखु उत्पादक कृषक समिति नवलपरासी का अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयाे।उखु उत्पादक कृषक समिति नवलपरासीले अाज बेलाटारीमा पत्रकार सम्मेलन गरि अान्दोलन स्थगित बारे जानकारी गराएकाे छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी मा भएकाे सर्वपक्षीय छलफलमा अाज भुक्तानी तालिका प्रकाशन गरि अबिलम्ब भुक्तानी गर्ने प्रतिबद्धता सम्बन्धित पक्षबाट अाएकाे हुदा सराेकारवाला सम्पूर्ण काे अाग्रहमा भाेलि १९गते का दिन पुर्व पश्चिम राजमार्ग मा प्रदर्शन सहित अबरुद्ध गर्ने कार्यक्रममा स्थगित गरिएका प्रेस बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
साथै लुम्बिनी चिनि मिल सुनवलकाे सम्पूर्ण भुक्तानी गराउन पहल गरि भुक्तानी ब्यवस्थापन गराउनका लागिमिल मिल सन्चालक र लेखा प्रमुखलाई ठगि मुद्दा दर्ता गरि कार्वाही प्रक्रिया अगाडि बढाउन समेत जाेडदार माग गरिएकाे छ ।कार्यक्रम मा बाेल्दै संविधान सभा सदस्य देवकरण कलवार सन्तुले किसानकाे पैसा संचालकले नतिरे सरकारले तिर्नु पर्नेे बताए।नवलपरासी मा ३वटै मिल गरि२५कराेड रुपैया भुक्तानी बक्यौता रहेकाे छ।