४० हजार घुस लिएको आरोपमा परासी मालपोतका खरिदारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

0
553

काठमाडौं , १७ माघ। ४० हजार घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी थारुविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर भएको छ ।

मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा आरोपित चौधरीले श्रीमानको नाममा रहेको जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि उक्त रकम घुस लिएको पुष्टि हुन आएको दाबीसहित उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here