स्थानीय सरकारको खातामा साढे २० अर्ब राजस्व

0
625

काठमाडौं १४ माघ । सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म संकलित कूल राजस्वबाट साढे २० अर्ब रुपैयाँ स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार यो पाँच महिनामा २० अर्ब ४९ करोड ७१ लाख रुपैयाँ स्थानीय सरकारहरुको खातामा गएको छ । देशभरका ७५३ वटै सरकारले यो रकम पाउँछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारहरुको आम्दानीको स्रोतमध्ये केन्द्र सरकारले बाँडफाँट गर्ने राजस्व एक हो ।

चालु आवमा सरकारले कूल ११ खर्ब १२ अर्ब राजस्व संकलन लक्ष्य राखेको छ । यो लक्ष्य पूरा भएमा स्थानीय तहमा कूल ६५ अर्ब ४४ करोड ५० लाख रुपैयाँ राजस्व पुग्नेछ । प्रदेश सरकारहरुले त्यति नै रकम पाउँछन् । मूल्य अभिवृद्धि कर (भ्याट) र आन्तरिक उत्पादनमा लाग्ने अन्तःशूल्क वापतको कर स्थानीय र प्रदेश सरकारमा बाँडफाँट हुन्छ ।

संकलित कूल राजश्वमध्ये ७० प्रतिशत केन्द्र सरकारले राख्छ । बाँकी ३० प्रतिशत आधाआधा गरेर स्थानीय र प्रदेश सरकारलाई बाँडिन्छ । बजेट बाँडफाँटको शुत्र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको हुन्छ ।

विषयसाउनभदौअसोजकात्तिकमंसिरकूल
अन्तःशूल्क८३ करोड ८४ लाख ६२ हजार८६ करोड ३० लाख ९० हजार१ अर्ब ४ करोड ९४ लाख९४ करोड ९ लाख ११ हजार९४ करोड ६९ लाख ४६ हजार४ अर्ब ६३ करोड ८८ लाख
मूअक३ अर्ब ७९ करोड ७ लाख३ अर्ब ९१ लाख२ अर्ब ८५ करोड २४ लाख३ अर्ब २ करोड ८९ लाख३ अर्ब १७ करोड ७१ लाख१५ अर्ब ८५ करोड ८३ लाख
जम्मा४ अर्ब ६२ करोड ९१ लाख३ अर्ब ८७ करोड २२ लाख३ अर्ब ९० करोड १८ लाख३ अर्ब ९६ करोड ९८ लाख४ अर्ब १२ करोड ४१ लाख२० अर्ब ४९ करोड ७१ लाख

पाँच महिनामा तीन खर्ब १८ अर्ब राजस्व

चालु आवको पहिलो पाँच महिनामा सरकारले संकलन गरेको कूल तिन खर्ब १८ अर्ब ६२ करोड राजस्वमध्ये दुई अर्ब ८८ अर्ब ६७ करोड कर र २९ अर्ब ९४ करोड गैर–कर राजस्व छ । एक खर्ब पाँच अर्ब भ्याट उठ्दा ५३ अर्ब ११ करोड अन्तःशूल्क संकलन भएको छ ।

चार खर्ब ६४ अर्ब खर्च गर्दैछन् स्थानीय सरकार

चालु आर्थिक वर्षमा सरकारले कूल १५ खर्ब ३२ अर्ब रुपैँयाको बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये चार खर्ब ६४ अर्ब स्थानीय र प्रदेश सरकारको खातामा जान्छ ।

राजस्व बाँडफाँटबाहेक चार प्रकारका अनुदान (वित्तीय समानीकरण, सशर्त, विशेष र समानिकरण) पनि स्थानीय सरकारहरुले पाउँछन् ।

स्थानीय उत्पादन वृद्धि भई आफ्नो राजस्व अधिकारबाट उठेको करले स्थानीय सरकारहरु सक्षम हुने अवस्था सिर्जना नभएका कारण देशभरका अधिकांश स्थानीय र प्रदेश सरकारको आम्दानीको मूख्य स्रोत केन्द्रबाट जाने राजस्व र विभिन्न प्रकारका अनुदान हुन् । रोयल्टी बाँडफाँटका माध्यमबाट समेत केही रकम स्थानीय तहमा पुग्ने गरेको छ । #अनलाइख खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here