रिहाईको आदेशपछि अदालतको गेटैमा समातिए विप्लव नेकपाका नेता

0
459

बुटवल, १४ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई बुटवलस्थित उच्च अदालतले रिहाईको आदेश दिएपनि प्रहरीले अदालतको गेटबाटै पुन: गिरफ्तार गरेको छ ।

नेताद्वय बालकृष्ण शर्मा र प्रदिप बहादुर वलीलाई प्रहरीले उच्च अदालत तुलसीपुर बुटवल इजलासको गेटबाट पुन: पक्राउ गरेको हो ।

दाङमा असोज २९ गते समातिएका २१ जना विप्लवका नेतामध्ये २ जनालाई माघ ८ गते जिल्ला अदालत दाङले धरौटीमा रिहा गरेको थियो भने रिहा लगत्तै प्रहरीले पुन: पक्राउ गरि नवलपरासी लगेको थियो ।

नवलपरासीमा प्रहरीलाई अभद्र ब्यवहार गरेको मुद्दा  दायर गरिएको थियो । नवलपरासीमा गरिएको मुद्दा झुटा भएको र गैरकानुनी रुपमा थुनामा राखेको भन्दै डिल्लीबहादुर वलिले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

रिटमाथि वादीको तर्फबाट बरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, बरिष्ठ अधिवक्ता दिल बहादुर सहानी, वरिष्ठ अधिवक्ता प्रदिप धिताल, अधिवक्ता ज्ञानु के सी, अधिवक्ता कुल बहादुर डागीले बहस गरेका थिए । 

रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुख्य भइ काम गर्ने न्यायाधीश बाबुराम रेग्मी र  दुर्गाबहादुर बिकको संयुक्त इजलासले अभद्र ब्यवहारको मुद्दा विश्वासलायक नरहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।

बैठक बसिरहेका बेला असोज २९ गते पक्राउ परेका उनीहरुलाई दाङमा राज्य विरुद्धको मुद्दा लगाई धरौटी तिर्नासाथ माघ ८ गते पुन पक्राउ गरि नवलपरासी पुर्‍याएको थियो ।

६८ दिन दाङ स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा, ३० दिन तुल्सीपुर कारागार, ६ दिन नवलपरासीको हिरासतमा हुँदै मङ्गलबार पुन: पक्राउ गरी रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलमा लगेको छ ।

अदालत परिसरमा छोटो प्रतिक्रिया दिदै बन्दी बालकृष्ण शर्मा र प्रदीप वलीले राज्यसत्ताले दमन गरेरै क्रान्तिकारीहरुलाई सिद्दाउन नसक्ने भन्दै वैज्ञानिक समाजवाद प्राप्तिको लागि यात्रा निरन्तर रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here