भन्सार कार्यालयहरु ‘क्यास लेस’

0
463

काठमाडाै, १० माघ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले नेपाली भन्सार कार्यालयहरु ‘क्यास लेस’ भएको बताएका छन्। ६८ औँ भन्सार दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको बताए। पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत हुने गरेको उनको तर्क छ।

‘भन्सार क्यास लेस भएको छ। पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो। अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ,’ उनले भने।बैंक समेत जान नपर्ने गरी डिजिटल पेमेन्टका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको उनले जानकारी दिए।

विभागमा नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको छ। यस सिस्टमले अबको केही समयपछि कार्यालयहरुको अन्तर समन्वयमा देखिएको समस्या हल गर्ने उनले बताए।सिस्टममा पहिलो चरणमा २१ भन्दाबढी कार्यालय एकै छातामुनि रहने भएकाले अब विभाग पेपरलेसमा जानेछ। अहिले पनि मानिस भन्सारमा त्यति सकारात्मक नभएको उनले गुनासाे गरे। 

‘भन्सारले कुनै सामान रोक्योे भने भन्सारले सामान रोक्यो रे भन्छन्। के कति कारणले रोक्यो त्यो बुझ्दैनन्। हिजका दिनका नकारात्मक छाप आजसम्म पनि छ,’ उनले भने, ‘अहिले हामीले धेरै कुराहरु प्रविधिमार्फत नियन्त्रण गरिसकेका छौँ, आजको अन्तर्राष्ट्रिय व्यापार ९९.८ प्रतिशत आसिकुडा वल्र्ड भन्ने अनलाइन सेवा माफत् आउँछ।’ व्यापार सहजीरणका लागि भारत, चीन र बंगलादेशसँग द्विपक्षीय संयन्त्र कृयाशिल रहेको उनले जानकारी दिए।

हाल विभागले जोखिममा आधारित भन्सार जाँचपास समेत कार्यान्वयनमा ल्याएको छ। भन्सार विन्दुमा करिब ४२ प्रतिशत हरियो र पहेलो मार्गबाट र बाँकी ५८ प्रतिशत रातो मार्गबाट जाँचपास भएको छ। रातो मार्ग भौतिक परिक्षण हुने जाँच प्रणाली हो यस्तो जाँचलाई २० प्रतिशतमा सीमित गरी व्यापार सहजीकरण गर्ने विभागको योजना छ।

एनएनएसडब्लु मार्फत सबै व्यापार सम्बद्ध निकायमा एउटै वेव प्लाटफर्ममा जोडी पेपरलेस इन्भाइरोमेन्ट बनाउने र व्यवसायको लागत एवं समय घटाउने विभागको आगामी योजना छ।भन्सार विभागले जनवरी २६ लाई ‘कस्टम्स फस्टेरिङ सस्टेनेवल फर पिपुल, प्रोस्पेरिटी एण्ड प्लानेट’ भन्ने नाराका साथ मनाइउने भएको छ। प्रत्येक वर्ष विश्व भन्सार संगठनले तयार पारेको नाराका साथ संसारभर यो दिवस मनाउने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here