संजय कुशवाहा–
बेलाटारी, ९ माघ । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा न.६ गुठी परसौनी स्थित जन जागृति माध्यमिक विद्यालयको जग्गा साबिक गुठी परसौनी वडा नं ४ /१ (ख) कित्ता नं १९ को ५ कट्ठा ३ धुर जग्गा विध्यालयको एक्कल स्वामित्वमा रहेको उक्त जग्गा दर्ता नभएको हुदाँ दर्ता प्रक्रिया अगाडी बढाउनको लागी बुधवार वडा कार्यालयले सर्जमिन गर्ने क्रममा सोही ठाँउ बस्ने गोबिन्द यादवको छोरी अन्जनी यादवले विद्यालयको प्रधानाध्यापक माथि चप्पल प्रहार भएपछि बिहीबार बिहान उक्त विद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन ।
विद्यार्थीहरूले भुमाफिया मुर्दावाद ,विद्यालयको जग्गा कब्जा गर्न पाईदैन ,हाम्रो जग्गा हाम्रो हो जस्ता नाराबाजी समेत गरेका थिए । दुर्ब्यवहार भएको विध्यालयका प्रधानाध्यापक बाबुराम सुबेदीले बताऊनु भयो। विध्यालयले २०७२ साल पौष २९ गतेका दिन विध्यालयको एक्कल स्वामित्वमा रहेको जग्गाको ठेक्का बोलपत्र बाट गोबिन्द यादवलाई सोही गा.वि.स. वडा,नं ७ कित्ता नं २४ को ६ कट्ठा जग्गा ठेक्कामा दिएको भएपनि यादवले उक्त जग्गा उपभोग नगरी वडा नं ४/१ (ख) कित्ता नं १९ को ५ कट्ठा ३ धुरमा उपभोग गर्दै आएका थिए।
उक्त जग्गा दर्ता नभएको हुदाँ यादवले कब्जा गरी घर टहरा निर्माण गरेपनि केही महिना पहिला विध्यालयले उक्त जग्गा खाली गराएको थियो। बिध्यालयको स्वामित्वमा रहेको उक्त जग्गाको दर्ता प्रक्रियामा रहेको विध्यालयले जनाएको छ ।