सुनवल,९ माघ । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले चक्कु प्रहार गरी एक जनाको हत्या गरेका छन् भने अर्का एक जना घाईते भएका छन् । समान्य विवादका क्रममा सुनवल ३ किर्तिपुरका वर्ष २० का महादेव पुनको चक्कु प्रहारबाट पोखरा महानगरपालीका १ बगर बस्ने वर्ष २४ का जगदिश गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । गत मंगलबार भएको चक्कु प्रहार बाट गम्भिर घाईते गुरुङ्गको उपचारको क्रममा हिजो भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो ।
पुनको चक्कु प्रहार बाट पोखरा बगरनै बस्ने अर्का २३ वर्षिय संजोक गुरुङ्ग पनि घाईते भएका थिए । उनी अहिले उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि विरेन्द्र थापाले जानकारी दिनुभयो । समान्य विवादका क्रममा ग १२ प ३६४० नम्बरको मोटरसाईकलमा सुनवल ३ किर्तिपुरमा घुम्न आएका ति दुई युवालाई पुनले चक्कु प्रहार गरेका थिए । घटना पश्यात फरार रहेका पुनलाई ईलाका प्रहरी कार्यालय सुनवलको टोलीले खोजी गर्ने क्रममा हिजो उनको घर नजिकैबाट नियन्त्रणमा लिएको छ । उनिमाथी कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । #RadioParasi