पर्यटन प्रवद्र्धन गर्न नवलपरासीमा सडक खाना महोत्सव हुने

0
319

बर्दघाट, ८ माघ । सडक मै खाआंै सडकमै रमाआंै भन्दै पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ नवलपरासीको बर्दघाटन नगरपालिकामा तिन दिवसिय सडक खाना महोत्सव हुने भएको छ । नेपाल भम्रण बर्ष २०२० को अवसर पारी होटल तथा रेष्टुरेन्ट व्यवसायी सघं नवलपरासी र मदिरा व्यवसायी सघं नवलपरासीको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धन गर्न आन्तरिक तथा बाहय पर्यटन तान्ने उद्देश्यका साथ सो महोत्सव हुने भएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष नुमराज अधिकारी एवम मदिरा व्यवासयी संघका जिल्ला अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठको संयुक्त अध्यक्षता जिल्ला समन्वय समिती पश्चिम नवलपरासीका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा आयोजकले जिल्लामै पहिलो पटक फागुन १ गतेदेखि ३ गतेसम्म सडक खाना महोत्सव २०७६ गर्न लागेको र उक्त महोत्सवमा सबै सम्बन्धित नियका एवं सरोकारवालाहरुको सहयोगले सो महोत्सव एतिहासीक बन्दै जिल्लाको पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि एवं जिसस प्रमुख रायले पर्यटन बर्ष २०२० प्रदेश नं ५ लगाएत देशभर भब्यताका साथ सफल हुने बताउदै जिल्लाले आयोजना गर्ने हरेक गतिबिधीमा स्थानिय तह लगाएत अन्य सरोकारवाला संघ, सस्थाहरु सगं समन्वय गरी अगाडी बढ्न सुझाव दिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बर्दघाट नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, रामग्राम जेसिजका अध्यक्ष भोजराज पौडेल, उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, उपभोक्ता हकहित सरक्षण मञ्च प्रदेश नम्बर ५का सदस्य धनन्जय पौडेल, युवा संघ नेपालका जिल्ला अध्यक्ष युवराज डुम्रे लगायले महोत्सवको शुभकामना दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here