एजेन्सी, ५ माघ – बेरुत । यमनको सैन्य तालिम क्याम्पमा आक्रमण हुँदा ३८ सैनिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । सुरक्षा श्रोतका अनुसार शनिबार यमनको सैन्य क्याम्पमा तीनवटा मिसाइल प्रहार गरिएको थियो ।
मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने सुरक्षा स्रोतले जनाएको छ । उक्त आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर, साउदी अरेबियाको सरकारी टेलिभिजनले भने उक्त आक्रमण यमनी हुथी विद्रोहीले गरेको आरोप लगाएको छ ।
उक्त टेलिभिजनले स्रोतलाई उदृत गर्दै ब्यालेस्टिक मिसाइल, ड्रोन र मिसाइल आक्रमण गरेको र ६० सैनिकको मृत्यु भएको दाबी गरेको छ । तर, मिरब सिटी हस्पिटलका अनुसार ७० जनाको मृत्यु भएको छ । सन् २०१४ देखि यमनमा हुथी विद्रोही र सरकारी सैन्यबीचको युद्धका कारण हिंसा जारी छ । अलजजिरा