नवलपरासीका यूवा अनुपलाई भारतले प्रदान ग¥यो “अन्र्तराष्ट्रिय यूवा अवार्ड”

0
296

परासी, २७ असोज ः शान्ति निर्माण र द्धन्द्ध व्यवस्थापनको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै पश्चिम नवलपरासीका एक यूवालाई भारत सरकारले अन्र्तराष्ट्रिय यूवा अवार्ड प्रदान गरेको छ ।

शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई नेश्नल युथ अवार्डीज फेडस्रेन भारत र राष्ट्रिय युथ अवार्ड(भारत सरकार)ले आईतबार दिल्लीमा आयोजित विशेष समारोहमा नेपाली यूवा अनुपलाई अन्र्तराष्ट्रिय अवार्डले सम्मान गरेको हो ।

२३ वर्षीय न्यौपानेलाई यसअघि गतवर्ष बङ्गलादेश सरकारले पनि ‘अन्तर्रा्ष्ट्रिय युवा र शान्ति अवार्ड–२०१८’ बाट सम्मान गरेको थियो । पश्चिम नवलपरासीको सुनवल निवासी न्यौपानेले साउथ कोरिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, बङ्गलादेशलगायतका देशमा पुगेर नेपालको शान्ति निर्माण प्रक्रियाबारे विश्वमा सन्देश फैलाउनुभएको छ ।

त्यहाँका नागरिकलाई शान्ति निर्माण प्रक्रिया र त्यसपछिको अवस्थाका बारेमा उहाँले विभिन्न अन्र्तराष्ट्रिय कार्यक्रममा प्रस्तुति गर्ने अवसर पाउनुभएको थियो । शान्ति प्रक्रियामा यूवा र बालबालिकालाई कसरी परिचालन र सहभागी गराउन सकिन्छ भनेर पनि उहाँले धेरै देशका यो क्षेत्रमा काम गर्ने व्यक्तित्वसमक्ष आफ्ना विचार राख्दै आउनुभएको छ ।

अनुप यसअघि इन्टरनेशनल युनाइटेड नेसन मोडुल प्रोग्राममा एशिया क्षेत्रबाट उत्कृष्ट ५०० युवामा छनोट पनि हुनुभएको थियो । संयुक्त राष्ट्र सङ्घको सर्वोच्च पद महासचिव हुने लक्ष्यका साथ आफू यो क्षेत्रमा निरन्तर लागिरहेको उहाँको भनाई छ ।

यसैगरी सोही अवसरमा युवाको क्षेत्रमा उल्लेख्नीय योगदान पु¥याएबापत शान्ति अभियान नेपाल नवलपरासीकै महासचिव लिण्डा कालामगर अन्र्तराष्ट्रिय युवा अवार्ड तथा बालबालिकाको क्षेत्रमा उल्लेख्नीय योगदान पु¥याए बापत सुनवल नगर बाल सञ्जालका सदस्य सन्देश खरेल पनि अन्र्तराष्ट्रिय बालबालिका अवार्डबाट सम्मानित हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here