परासी, २७ असोज । मानव अधिकार तथा शान्ति समाज नवलपरासीले सोमबार एक कार्यक्रमका बिच नवलपरासीका ४ वटा स्थानिय तहहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । शान्ति समाज नवलपरासीका अध्यक्ष सन्तोष अधिकारी क्षेत्रीको नेतृत्वमा रहेको ११ सदस्ययी टोलिले सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता, पाल्हिनन्दन गाउंपालिकाका प्रमुख दिपक गुप्ता र सरावल गाउंपालिकाका प्रमुख राधेश्याम चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकषर्ण पत्रमा देशमा दिन प्रतिदिन मानव अधिकार उल्लंघनका घटनाहरु, आर्थिक एवं नितिगत भष्ट्राचार, ढिलासुस्ती, लागुपदार्थ दुव्र्यसनि, शुरक्ष्ाँ चुनौति, पे्रस स्वतन्त्रता, हत्याहिंसा, बलात्कार, लागायतका कुराहरु समावेस गरीएको शान्ति समाज नवलपरासीका अध्यक्ष सन्तोष अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।
ध्यानाकषर्ण पत्रमा बुझ्दै चारै वटा स्थानिय तह प्रमुखहरु नितिगत समस्या र व्यवाहारी जटिलताका बावजुत पनि मानव अधिकारको रक्षाका लागी आफुहरु कटिबद्ध रहेको बताउदै भष्ट्राचार, ढिलासुस्ती, लागुपदार्थ दुव्र्यसनि, पे्रस स्वतन्त्रता लगाउतका विषयमा शान्ति समाज जिल्ला शाखाले खेलेको भुमिकाको प्रसशां गर्र्दै समाजसंग मिलेर काम गर्ने बताउनु भयो ।