सुस्तामा सामुदायिक भवन बनेपछि स्थानीयबासी खुशी

0
638

सुस्ता, २७ असाेज ।  प्रतिनिधि सभा सदस्य एवम् पुर्व मन्त्री हृदयेश त्रिपाठीले सामुदायिक भवनले समाजका हरेक क्रियाकलापमा मद्दत पुग्ने बताउनु भएको छ । सुस्ता गाउँपालिका २ गुदरियामा नवनिर्मित सामुदायिक भवनको अाइबार उद्घाटन गर्दै उहाँले यस्ता भवनको अभावमा ग्रामीण जनताले कतै पनि भौँतारिनु नपर्ने कुरामा जोड दिनुभयो । ३

२ लाख लागतमा निर्माण गरिएको उक्त एकतले भवनका लागि संघिय व्यवस्था अन्तर्गत त्रिपाठीको विशेष पहलमा उक्त सामुदायिक भवन निर्माण गरिएको हो । भवनबाट साहित्य र संस्कृतिको विकास गर्न, समाजमा हुने विवाह, ब्रतबन्ध र अन्य धेरै रचनात्मक काम गर्न सहयोग पुग्ने त्रिपाठीको भनाइ छ । सामुदायिक भवन बनेपछि स्थानीय खुशी भएका छन ।

भवन उद्घाटन कार्यक्रममा सुस्ता गाउँपालिकाको उपाध्यक्ष इन्द्र कुमारी थरुनी, वडा नं २ का वडा अध्यक्ष कृष्णलाल मुखिया, प्रेमचन्द्र गुप्ता, करम हुसेन अन्सारी, रामपृत यादव, कमल अामात्य, रामअवध गुप्ता, डिल्ली काफ्ले लगायतको उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here